Kathmandu Press

भारतमा कोरोनाका कारण तीन व्यक्तिको मृत्यु

काठमाडौं, चैत ४ : भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या तीन पगेको छ।

भारतको व्यापारिक राजधानी मुम्बाईमा दुबईबाट फर्किएक....

भारतमा कोरोनाका कारण तीन व्यक्तिको मृत्यु
फाइल फोटो

काठमाडौं, चैत ४ : भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या तीन पगेको छ।

भारतको व्यापारिक राजधानी मुम्बाईमा दुबईबाट फर्किएका ६४ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणको कारण मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएको छ।

भारतमा यसअघि दुई जनाको कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य अधिकारीले पुष्टि गरेका थिए। मृत्यु हुने दुबै महिला थिए। 

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १२५ पुगेको छ। 

प्रकाशित मिति: १७:२९ बजे, मंगलबार, चैत ४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्