Kathmandu Press

राखेपको निर्देशनपछि बी डिभिजन लिग स्थगित

काठमाडौं, चैत ४ : कोरोना भाइरसको त्रासका कारण सहिद स्मारक बी डिभिजन लिग स्थगित भएको छ। 

राखेपको मंगलबार बसेको आकस्मिक बैठकले ....

राखेपको निर्देशनपछि बी डिभिजन लिग स्थगित

काठमाडौं, चैत ४ : कोरोना भाइरसको त्रासका कारण सहिद स्मारक बी डिभिजन लिग स्थगित भएको छ। 

राखेपको मंगलबार बसेको आकस्मिक बैठकले सबै खेलकुद गतिविधि बन्द गर्न निर्देशन दिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले बी डिभिजन लिग बुधबारदेखि रोक्ने निर्णय गरेको हो।

१२ टिम सहभागी बी डिभिजन लिगमा ५ चरणका खेल सकिसकेका छन्। मंगलबारबाटै छैठौं चरणका खेल सुरु भएका थिए। एन्फाले बी डिभिजन लिगसँगै धरान र बुटबलका एन्फा टेक्निकल सेन्टर, एकेडेमी र सचिवालयसमेत १२ गतेसम्मका लागि बन्द गरिएको जनाएको छ।

राखेपले मंगलबार देशभरका सम्पूर्ण खेलकुद गतिविधि एक हप्ताका बन्द गर्न निर्देशन दिएको थियो। एक हप्तापछि परिस्थिति हेरेर अगाडि बढ्ने निर्णय राखेपले गरेको छ।
 

प्रकाशित मिति: १७:२७ बजे, मंगलबार, चैत ४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्