नायकको तुलनामा बढी पारिश्रमिक लिने नायिकाहरु
काठमडौं, चैत ४ : कुनै समय बलिउड फिल्म क्षेत्रमा काम गर्ने महिलाप्रति समाजको दृष्ट्रिकोण राम्रो थिएन। सिनेमामा पुरुषलाई बढी रुचाइन्थ्यो, पुरुषको तुलनाम....

काठमडौं, चैत ४ : कुनै समय बलिउड फिल्म क्षेत्रमा काम गर्ने महिलाप्रति समाजको दृष्ट्रिकोण राम्रो थिएन। सिनेमामा पुरुषलाई बढी रुचाइन्थ्यो, पुरुषको तुलनामा महिलालाई कम पारिश्रमिक दिइथ्यो।
समयसँगै बदलिएको समाजमा आजभोली महिला केन्द्रित सिनेमा बढी निमार्ण हुन थालेका छन्। साथै पुरुषको तुलनामा महिलालाई बढी रुचाउन थालिएको छ। सामाजिक सञ्जालमा पनि नायकको तुलानामा नायिकाको फ्यानहरु धेरै छन्। कुनै सिनेमा त्यस्ता पनि छन् जसमा पुरुषको तुलनामा महिलालाई बढी पारीश्रमिक दिइएको छ।
‘हाम आपके है कौन’
फिल्ममा सुपरस्टार सलमान खान र माधुरी दीक्षितको जोडदार केमिस्ट्री रहेको छ। सलमान खानले उक्त समयमा चर्चा कमाउन थालिसकेका थिए भने माधुरी दीक्षित पनि धक धक केटीको नामले चर्चित बनिसकेकी थिइन्। उक्त फिल्ममा अभिनय गरेवापत माधुरीले सलमानखाले भन्दा बढी पारिश्रमिक लिएकी थिइन्।

माधुरीले यस फिल्मबाट तीन करोड रुपैयाँ लिएकी थिइन्। यो भन्दा पहिले कुनै नायिकाले नायकको भन्दा बढी पारिश्रमिक पाएका थिएनन्।
पीकू
बलिउड क्षेत्रका वरिष्ठ कलाकार अमिताभ बच्चन र इरफान खानको फिल्ममा मुख्य भुमिका रहेको छ। यद्यपि नायिका दीपिक पादुकोणलाई दुवै कलाकारको भन्दा बढी पारिश्रमिक मिलेको थियो।

कुर्बान
कुर्वान फिल्ममा करीना कपूर र सैफ अली खानको जोडी देखिन्छ। यस फिल्मको लागि करीनालाई सैफको भन्दा बढी पारिश्रमिक दिइएको थियो।

कट्टी बट्टी
यस फिल्ममा इमरान खानको साथमा बलिउडकी क्वीन कंगना रनौटलाई देख्न पाइन्छ । यस फिल्ममा अभिनय गरेबापत कंगनाले ११ करोड रुपैयाँ पारिश्रमिक पाएकी थिइन्। जुन इमरानको तुलनामा बढी थियो।
पद्मावत
बलिउडमा निकै चर्चामा रहेको फिल्म पद्मावतमा नायकको तुलनामा नायिकाले बढी पारिश्रमिक पाएकी छन्। निर्माता संजय लीला भंसालीले मुख्य भुमिकामा रहेका दुई नायक रणवीर कपुर र शाहिद कपुरको तुलनामा नायिका दिपिका पादुकोणलाई बढी पारिश्रमिक दिएका थिए। फिल्ममा दिपीकाले १३ करोड रुपैयाँ पाएकी थिइन्। जसमा रणवीर सिंहलाई ११ करोड र शाहिद कपुरलाई १० करोड रुपैयाँ दिइएको थियो।












