नेपाल ‘ए’ र क्यानडा–११ को निर्णायक खेल आज
नेपाल र क्यानडा दुबै टोलीले जितको सक्दो प्रयास गर्नेछन् । पहिलो एकदिवसीय खेलमा क्यानडा–११ ले नेपालको ‘ए’ टोलीलाई चार विकेटले हराएको थियो ।काठमाडौं, फागुन १० : नेपालको ‘ए’ टोलीले बिहीबार क्यानडा–११ सँग तेस्रो तथा निर्णायक मैत्रीपूर्ण एकदिवसीय प्रतियोगिता खेल्दैछ । तीन खेलको शृंखला हाल १–१ को बराबरीमा छ । आजको खेलमा विजयी हुने टोलीले शृंखला आफ्नो पक्षमा पार्नेछ ।
त्यसैले नेपाल र क्यानडा दुबै टोलीले जितको सक्दो प्रयास गर्नेछन् । पहिलो एकदिवसीय खेलमा क्यानडा–११ ले नेपालको ‘ए’ टोलीलाई चार विकेटले हराएको थियो । मंगलबार खेलिएको दोस्रो खेलमा भने नेपालको ‘ए’ टोलीले क्यानडा–११ लाई दुई विकेटले हराएको थियो ।
तेस्रो खेल काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा विहान ९ः३० बजे सुरु हुनेछ । यसअघि नेपाल र क्यानडाको सिनियर टोलीले तीनवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थिए । उक्त शृंखलामा नेपाल ३–० ले विजयी भएको थियो ।
प्रकाशित मिति: ०८:४१ बजे, बिहीबार, फागुन १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जनकपुर बोल्ट्सको ‘टाइटल स्पोनसर’ मा डीएनए इन्टरनेश्नल नेपालमंगलबार, मंसिर ११, २०८१
डिश मिडिया नेटवर्कलाई एनपिएलको युट्युब प्रशारण अधिकारमंगलबार, मंसिर ११, २०८१
एनपिएलको उपाधि दाबेदार कर्णाली याक्समा कुन खेलाडी कस्ता?मंगलबार, मंसिर ११, २०८१
एनपिएलको उत्कृष्ट खेलाडीले कार पाउनेमंगलबार, मंसिर ११, २०८१