‘म र दीपेन्द्रले राम्रो ब्याटिङ गर्न सकेनौं’
‘मेरो आफ्नै प्रदर्शन राम्रो भए, दीपेन्द्र दाई पनि अनावश्यक सट खेलर आउट हुनुभयो, हामी केही समय क्रिजमा टिकेको २ सयमाथिको स्कोर बनाउन सक्थ्यो।’
काठमाडाैं, फागुन ९ : आईसिसी विश्वकप लिग–२ को पहिलो त्रिकोणात्मक सिरिजमा नेपाली टिम घरेलु मैदानमा नामिबियासँग दुवै खेलमा पराजित भएको छ। नेपालले दुवै खेलमा खराब ब्याटिङ प्रदर्शन गरेको थियो।
बुधबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा नेपाल नामिबियासँग २ विकेटले पराजित भएको थियो। जसमा कप्तान रोहित पोडेलसहित केही आशा गरिएका खेलाडीले राम्रो ब्याटिङ गर्न सकेनन्।
खेलपछि पत्रकारहरुसँग कुरा गर्दै कप्तान रोहित पौडेलले आफूले राम्रो प्रदर्शन गर्न नसकेको भन्दे हारको जिम्मेवारी लिने बताए। ‘विकेट जोगाएर खेल्ने योजना थियो, तर पावर प्लेमै तीन विकेट गुमायौं । त्यसपछि दबाबमा आयौं,’ उनले भने, ‘मेरो आफ्नै प्रदर्शन राम्रो भए, दीपेन्द्र दाई पनि अनावश्यक सट खेलर आउट हुनुभयो, हामी केही समय क्रिजमा टिकेको २ सयमाथिको स्कोर बनाउन सक्थ्यो।’
उनले नेपालको ब्याटिङ अडर स्पष्ट भएको तथा परिस्थिति अनुसारको अडर निर्माण गर्न नेपाल तयार रहेको पनि बताए। रोहितले पहिलो खेलमा नामिबियासँग हारेपछि नेदरल्यान्ड्सविरूद्ध कमब्याक गरेको बताउँदै नेपालले फेरि कमब्याक बताए।
उनले त्रिवि मैदानमा टस जित्ने वा हार्नेभन्दा पनि नेपालले ब्याटिङ गर्न नसक्दा हार बेहोर्नु परेको बताए।




-1776510445.jpg)
-1755950009.png)





