Kathmandu Press

कारोना भाइरसबाट फुटबल प्रशिक्षकको मृत्यु

काठमाडौं, चैत ४ : कोरोना भाइसरको संक्रमणबाट फुटबल प्रशिक्षकको मृत्यु भएको छ। स्पेनको मागालाको एक क्लबको जुनियर टिमलाई प्रशिक्षण दिइसकेका फ्रान्सिस्को ....

कारोना भाइरसबाट फुटबल प्रशिक्षकको मृत्यु

काठमाडौं, चैत ४ : कोरोना भाइसरको संक्रमणबाट फुटबल प्रशिक्षकको मृत्यु भएको छ। स्पेनको मागालाको एक क्लबको जुनियर टिमलाई प्रशिक्षण दिइसकेका फ्रान्सिस्को गार्गियाको कोरोनाका कारण निधन भएको हो।

मालागाको स्थानीय क्लब एट्लेटिको पोर्टाडा अल्टाको युवा टिममा प्रशिक्षण दिइरहेका गार्सियामा कोरोनाको गम्भीर लक्षण देखिएपछि सोमबार अस्पताल लगिएको थियो। अस्पताल पुग्ने वित्तिकै उनको मृत्यु भएको बताएको छ।

२१ वर्षीय गार्सिया निमोनिया र लेकिमियाबाट पीडित थिए। त्यहि कारणले उनको मृत्यु भएको बताएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले कोरोनाका कारण मृत्यु हुने गार्सिया सबैभन्दा कान्छा व्यक्ति भएको बताएका छन्।

कोरोना भाइरसले अत्याधिक प्रभावित युरोपियन मुलुक हो स्पेन। अहिले स्पेनमा आपतकालीन अवस्था घोषणा गरिएको छ। कोरोनाकै कारण स्पेनमा तीन सय जनाको मृत्यु भइसकेको छ।

 

प्रकाशित मिति: १३:२१ बजे, मंगलबार, चैत ४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्