Kathmandu Press

नामिबियामाथि दबाब बढाउँदै नेपाल, कुशलले लिए छैठौं विकेट

नेपालले दिएको १६९ रनको सामान्य लक्ष्य पछ्याएको नामिबिया ताजा अवस्थामा ११८–६को दबाबपूर्ण अवस्थामा छ।
नामिबियामाथि दबाब बढाउँदै नेपाल, कुशलले लिए छैठौं विकेट

काठमाडौं, फागुन ९ : आईसिसी विश्वकप लिग–२को पहिलो त्रिकोणात्मक सिरिजका तेस्रो खेलमा मिडलअर्डरमा लगातार विकेट लिएपछि नेपालले नामिबियामाथि दबाब बनाउँदै लगेको छ।

नेपालले दिएको १६९ रनको सामान्य लक्ष्य पछ्याएको नामिबिया ताजा अवस्थामा ११८–६को दबाबपूर्ण अवस्थामा छ।

Hardik ivf

खेलमा नेपाललाई छैठौं सफलता कुशल भुर्तेलले दिलाए। उनले जान निकोल लोफ्टिइ इटोनलाई विकेटकिपरबाट क्याच आउट गराए। उनले १७ बलमा ५ रन मात्र बनाउन सके।

त्यसअघि कुशलले नै पाचौं विकेटका रुपमा नामिबियाका कप्तान जेरार्ड इरास्मसलाई आउट गरेका थिए। उनले ५६ बलमा ८ चौका र २ छक्का मद्दतमा ५२ रन बनाए। यो विकेटपछि नै नेपाल खेलमा फर्किएको थिाये।

उसका लागि माइकल भान लिंगेनले ३४ बलमा ३१ रन बनाए। भान लिंगेन र इरास्मसले तोस्रो विकेटका लागि अर्धशतकीय साझेदारी गरेका थिए। अन्यले भने दोहोरो अंकमा स्कोर बनाउन सकेका छैनन्

नेपालका लागि कुशल भुर्तेलले २ तथा कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्लले समान १ लिएका छन्। नेपालका मुख्य स्पिनर ललित राजवंशी भने आज निकै महँगो सावित भएका छन्। उनले ३ ओभरमा ४० रन दिएका छन्।

ताजा अवस्थामा नामिबियाले २४ ओभरको समाप्तिमा १०५ रन बनाउँदा ५ विकेट गुमाएको छ।

त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले आसिफ सेखको अर्धशतक मद्दतमा १६८ रन बनाएको थियो। आसिफले ६४ बलमा ५८ रन बनाए।

प्रकाशित मिति: १४:२३ बजे, बुधबार, फागुन ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्