Kathmandu Press

नेपाललाई पाँचौं सफलता, नामिबियाका कप्तान इरास्मस आउट भएसँगै नेपाल खेलमा फर्कियो

पाचौं विकेटका रुपमा कुशल भुर्तेलल नामिबियाका कप्तान जेरार्ड इरास्मसलाई आउट गरे। उनले ५६ बलमा ८ चौका र २ छक्का मद्दतमा ५२ रन बनाए। अर्धशत बनाएका इरास्मस आउट भएसँगै नेपाल खेलमा फर्किएको छ।
नेपाललाई पाँचौं सफलता, नामिबियाका कप्तान इरास्मस आउट भएसँगै नेपाल खेलमा फर्कियो

काठमाडौं, फागुन ९ : आईसिसी विश्वकप लिग–२को पहिलो त्रिकोणात्मक सिरिजका तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालले पाँचौं सफलता हात पारेको छ।

पाचौं विकेटका रुपमा कुशल भुर्तेलल नामिबियाका कप्तान जेरार्ड इरास्मसलाई आउट गरे। उनले ५६ बलमा ८ चौका र २ छक्का मद्दतमा ५२ रन बनाए। अर्धशत बनाएका इरास्मस आउट भएसँगै नेपाल खेलमा फर्किएको छ।

Hardik ivf

उसका लागि माइकल भान लिंगेनले ३४ बलमा ३१ रन बनाए। भान लिंगेन र इरास्मसले तोस्रो विकेटका लागि अर्धशतकीय साझेदारी गरेका थिए। अन्यले भने दोहोरो अंकमा स्कोर बनाउन सकेका छैनन्

नेपालका लागि कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र कशुल भुर्तेलले समान १ विकेट लिएका छन्। नेपालका मुख्य स्पिनर ललित राजवंशी भने आज निकै महँगो सावित भएका छन्। उनले ३ ओभरमा ४० रन दिएका छन्।

ताजा अवस्थामा नामिबियाले २४ ओभरको समाप्तिमा १०५ रन बनाउँदा ५ विकेट गुमाएको छ।

त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले आसिफ सेखको अर्धशतक मद्दतमा १६८ रन बनाएको थियो। आसिफले ६४ बलमा ५८ रन बनाए।

 

प्रकाशित मिति: १४:०२ बजे, बुधबार, फागुन ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्