दीपेन्द्रले दिलाए नेपाललाई चौथो सफलता
कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा दीपन्द्रले नेपाललाई चोथो सफलता दिलाउने क्रममा १८औं ओभरको तेस्रो बलमा जान फ्राइलिंकलाई एलबिडब्लु आउट गरे।काठमाडाैं, फागुन ९ : आईसिसी विश्वकप–२को पहिलो त्रिकोणात्मक सिरिजका तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालले चौथो सफलता हात पारेको छ।
कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा दीपन्द्रले नेपाललाई चोथो सफलता दिलाउने क्रममा १८औं ओभरको तेस्रो बलमा जान फ्राइलिंकलाई एलबिडब्लु आउट गरे।
उनले १५ बल खेलेर ४ रन मात्र बनाउन सके। भान लिंगेन र कप्तान जेरार्ड इरास्मसको अर्धशतकीय साझेदारी तोडेपछि खेलमा नेपाल विस्तारै फर्कन थालेको छ।
ताजा अवस्थामा नामिबिया ८६–४को अवस्थामा छ। उसका लागि भान लिंगेनले लिंगेनले ३४ बलमा ४ चौका र २ छक्का मद्दतमा ३१ रन बनाए। उनलाई कुशल मल्लले विकेटकिपरबाट स्टम्पिङ गराए।
कप्तान जेडार्ड इरास्मस ४४ बलमा ४२ रन बनाएर खेलिरहेका छन्।
नेपालका लागि कप्तान रोहित पौडेलले १ विकेट लिए भने अर्को विकेट दीपेन्द्रसिंह ऐरीले रनआउट गर्दै नेपाललाई दिलाएका थिए।
त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले आसिफ सेखको अर्धशतक मद्दतमा १६८ रन बनाएको थियो। आसिफले ६४ बलमा ५८ रन बनाए।