Kathmandu Press

कुशल मल्लले तोडे भान लिंगन र इरास्मसको साझेदारी, नेपाललाई तेस्रो सफलता

कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा १६९ रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाले तेस्रो विकेटका रुपमा क्रिजमा टिकेका माइकल भान लिंगेनलाई गुमायो । उनलाई कुशल मल्लले विकेटकपिरबाट स्टपिङ गराए।
कुशल मल्लले तोडे भान लिंगन र इरास्मसको साझेदारी, नेपाललाई तेस्रो सफलता

काठमाडाैं, फागुन ९ : आईसिसी विश्वकप–२को पहिलो त्रिकोणात्मक सिरिजका तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालले तेस्रो सफलत हात पारेको छ।

कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा १६९ रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाले तेस्रो विकेटका रुपमा क्रिजमा टिकेका माइकल भान लिंगेनलाई गुमायो । उनलाई कुशल मल्लले विकेटकपिरबाट स्टपिङ गराए।

भान लिंगेनले कप्तान जेरार्ड इरास्मससँग ५२ रनको महत्वपूर्ण साझेदारी गरे। यो साझेदारी तोडिएसँगै नेपाललाई केही रिलिफ भएको छ। भान लिंगेनले ३४ बलमा ४ चौका र २ छक्का मद्दतमा ३१ रन बनाए भने इरास्मसले ३८ बलमा २६ रन बनाएका छन्।

नेपालका लागि कप्तान रोहित पौडेलले १ विकेट लिए भने अर्को विकेट दीपेन्द्रसिंह ऐरीले रनआउट गर्दै नेपाललाई दिलाएका थिए।

ताज अवस्थामा नामिबियाले १४ ओभरको सामिप्तमा ३ विकेटको क्षतिमा ७० रन बनाएको छ।

त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले आसिफ सेखको अर्धशतक मद्दतमा १६८ रन बनाएको थियो। आसिफले ६४ बलमा ५८ रन बनाए।

प्रकाशित मिति: १३:२८ बजे, बुधबार, फागुन ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्