सुन चाँदीको मूल्य घट्यो
काठमाडौं, चैत ४ : सोमबारको तुलनामा सुनको भाउ प्रतितोला दुई हजार रुपैयाँले घटेको छ। सोमबार ७७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य ....

काठमाडौं, चैत ४ : सोमबारको तुलनामा सुनको भाउ प्रतितोला दुई हजार रुपैयाँले घटेको छ। सोमबार ७७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको माग घटेपछि भाउ घटेको व्यवसायीको भनाइ छ।
चाँदी पनि प्रतितोला ८० रुपैयाँ घटेको छ। सोमबार सात सय ९० रुपैयाँ तोला रहेको चाँदी आज सात सय १० रुपैयाँ तोलामा कारोबार भइरहेको छ।
प्रकाशित मिति: १३:११ बजे, मंगलबार, चैत ४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
