Kathmandu Press

दीपेन्द्र र सोमपाल एकै ओभरमा आउट, नेपाल थप दबाबमा

कीर्तिपुरस्थि टियू मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ३४औं ओभरमा दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीलाई गुमाएको हो। दोस्रो बलमा सातौं विकेटका रुपमा दीपेन्द ३ रनमा स्टम्पिङ भए भने पाँचौं बलमा सोमपाल ४ रनमा क्याचआउट भए।
दीपेन्द्र र सोमपाल एकै ओभरमा आउट, नेपाल थप दबाबमा

काठमाडाैं, फागुन ९ : आईसिसी विश्वकप लिग–२को पहिलो त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालले सातौं र आठौं विकेट लातगार ओभरमा गुमाएको छ।

कीर्तिपुरस्थि टियू मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ३४औं ओभरमा दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीलाई गुमाएको हो। दोस्रो बलमा सातौं विकेटका रुपमा दीपेन्द ३ रनमा स्टम्पिङ भए भने पाँचौं बलमा सोमपाल ४ रनमा क्याचआउट भए।

Hardik ivf

मिडलअर्डरमा लगातार विकेट गुमाएपछि १००–३को अवस्थामा रहेको नेपाल १५६–८को दबाबपूर्ण अवस्थामा आएको छ।

पावर प्लेअमा लागातार २ ओभरमा ३ विकेट गुमाएपछि दबाब परेको नेपाललाई आसिफ सेख र कुशल मल्लले अर्धशतकीय साझेदारी गर्र्दै सम्हालेका थिए। आसिफले ६४ बलमा ८ चौका १ छक्का प्रहार गर्दै ५८ रन बनाए। जारी सिरिजमा उनको यो लगातार दोस्रो अर्धशतक हो।

आसिफले कुशल मल्लासँग चौथो विकेटका लागि अर्धशतकीय साझेदारी गर्दै पावर प्लेमै ३ विकेट मागुएपछि दबाबमा आएको नेपाललाई दबाबबाट निकालेका थिए।

यस्तै, कशुलले ५२ बलमा १ चौका र २ छक्का मद्दतमा ३६ रन बनाउँदा कुशल भुर्तेलले २८ रन बनाए। नेपालका तीन ब्याट्सम्यान अनिल साह, देव खनाल र कप्तान रोहित पौडेल डकआउट भए।

नामिबियाका लागि बर्नार्ड स्कोल्ट्ज र जान निकोल लोफ्टिइ इटोनले समान ३ तथा जेरार्ड इरास्मस र ज्याक ब्रेसवेल समान १ विकेट लिए।

अहिले क्रिजमा भीम सार्की ३४ बलमा २६ रन बनाएर खेलिरहेका छन् भने उनलाई करण केसीले साथ दिइरहेका छन्। ताजा अवस्थामा नेपाल ३४ ओभरको समाप्तिमा १५६–८को अवस्थामा छ।

प्रकाशित मिति: ११:४७ बजे, बुधबार, फागुन ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्