Kathmandu Press

नामिबियाविरुद्ध दबाबमा नेपाल, छैठौं विकेट गुमायो

पावर प्लेअमा लागातार २ ओभरमा ३ विकेट गुमाएपछि दबाब परेको नेपाललाई आसिफ सेख र कुशल मल्लले अर्धशतकीय साझेदारी गर्र्दै सम्हालेका थिए। तर, आसिफ आउट भएलगत्तै लागतार २ विकेट गुमाएपछि पुनः नेपाल दबाबमा आएको हो।
नामिबियाविरुद्ध दबाबमा नेपाल, छैठौं विकेट गुमायो

काठमाडाैं, फागुन ९ : आईसिसी विश्वकप लिग–२को पहिलो त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नामिबियाविरुद्ध कीर्तिपुरस्थि टियू मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल लागतार विकेट गुम्मादा दबाबमा आएको छ।

पावर प्लेअमा लागातार २ ओभरमा ३ विकेट गुमाएपछि दबाब परेको नेपाललाई आसिफ सेख र कुशल मल्लले अर्धशतकीय साझेदारी गर्र्दै सम्हालेका थिए। तर, आसिफ आउट भएलगत्तै लागतार २ विकेट गुमाएपछि पुनः नेपाल दबाबमा आएको हो।

१००–३को अवस्थामा रहेको नेपाल त्यसपछि लगातार विकेट जाँदा १२४–६को अवस्थामा पुगेको छ। अहिले क्रिजमा भीम सार्की र दीपेन्द्रसिंह ऐरी छन्।

Hardik ivf

नेपालका लागि नेपालका लागि आसिफले ६४ बलमा ८ चौका १ छक्का प्रहार गर्दै ५८ रन बनाए। जारी सिरिजमा उनको यो लगातार दोस्रो अर्धशतक हो।

आसिफले कुशल मल्लासँग चौथो विकेटका लागि अर्धशतकीय साझेदारी गर्दै पावर प्लेमै ३ विकेट मागुएपछि दबाबमा आएको नेपाललाई दबाबबाट निकालेका थिए।

यस्तै, कशुलले ५२ बलमा १ चौका र २ छक्का मद्दतमा ३६ रन बनाउँदा कुशल भुर्तेलले २८ रन बनाए। नेपालका तीन ब्याट्सम्यान अनिल साह, देव खनाल र कप्तान रोहित पौडेल डकआउट भए।

नामिबियाका लागि बर्नार्ड स्कोल्ट्जले ३ तथा जेरार्ड इरास्मस, ज्याक ब्रेसवेल र इटोनले समान १ विकेट लिए।

ताजा अवस्थामा नेपाल ३० ओभरको समाप्तिमा १३८–६को अवस्थामा छ।

 

प्रकाशित मिति: ११:२६ बजे, बुधबार, फागुन ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्