Kathmandu Press

नेपाललाई पाँचौं झट्का, रोहित शुन्यमै आउट

आईसिसी विश्वकप लिग–२को पहिला त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले पाँचौं विकेटका रुपमा कप्तान रोहितकुमार पौडेललाई शुन्य रनमा गुमायो।
नेपाललाई पाँचौं झट्का, रोहित शुन्यमै आउट

काठमाडाैं, फागुन ९ : नामिबियाविरुद्ध नेपाललाई पाँचौं झट्का लागेको छ। आईसिसी विश्वकप लिग–२को पहिला त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले पाँचौं विकेटका रुपमा कप्तान रोहितकुमार पौडेललाई शुन्य रनमा गुमायो।

राेहित ९ बलमा रन नजोड्दै जान निकोल लोफ्टी इटोनको बलमा स्कोल्ट्जको बलमा आउट भए।

Hardik ivf

कीर्तिपुरस्थित टियू मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले १ सय रन पुरा गरेलगत्तै क्रिजमा टिकेका आसिफलाई गुमाएको थियो। लगत्तै कप्तान रोहितलाई गुमाउँद नेपाल पुनः दबाबमा आएको छ। ताजा अवस्थामा नेपाल  २५ओभरको समाप्तिमा ११५–५को दबाबपूर्ण अवस्थामा छ।

नेपालका लागि आसिफले ६४ बलमा ८ चौका १ छक्का प्रहार गर्दै ५८ रन बनाए। जारी सिरिजमा उनको यो लगातार दोस्रो अर्धशतक हो।

आसिफले कुशल मल्लासँग चौथो विकेटका लागि अर्धशतकीय साझेदारी गर्दै पावर प्लेमै ३ विकेट मागुएपछि दबाबमा आएको नेपाललाई दबाबबाट निकालेका थिए। ४३–३को अवस्थामा यी दुईले नेपाललाई १००–४को अवस्थामा पु¥याएका थिए।

कुशल ४७ बलमा ३४ रन बनाए खेलिरहेका छन्। उनलाई क्रिजमा भीम सार्कीले साथ दिएका छन्।

त्यसअघि नेपालका लागि ओपनर कुशल भुर्तृेलले १६ बलमा १८ रन बनाए भने अनिल साह र देव खनाल शुन्य रनमा पभेलियन फर्किएका थिए। यी तीनै खेलाडीलाई नेपालले लागतार २ ओभरम गुमाएको थियो।

नामिबियाका लागि बर्नार्ड स्कोल्ट्जले ३ तथा ज्याक ब्रेसवेल र इटोनले समान १ विकेट लिए।

प्रकाशित मिति: ११:०९ बजे, बुधबार, फागुन ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्