Kathmandu Press

नेपालले गुमायो चौथो विकेट, आसिफ आउट

आईसिसी विश्वकप लिग–२को पहिला त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले चौगो विकेटका रुपमा इनिङमा टिकिरहेका आसिफ सेखलाई गुमाएको हो।
नेपालले गुमायो चौथो विकेट, आसिफ आउट

काठमाडाैं, फागुन ९ : नेपालले नामिबियाविरुद्ध चौथो विकेट गुमाएको छ। आईसिसी विश्वकप लिग–२को पहिला त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले चौगो विकेटका रुपमा इनिङमा टिकिरहेका आसिफ सेखलाई गुमाएको हो।

कीर्तिपुरस्थित टियू मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले १ सय रन पुरा गरेलगत्तै आसिफलाई गुमाएको हो। आसिफले ६४ बलमा ८ चौका १ छक्का प्रहार गर्दै ५८ रन बनाए।

Hardik ivf

जारी सिरिजमा उनको यो लगातार दोस्रो अर्धशतक हो। यअसघि उनले अघिल्लो खेलमा नेदरल्यान्ड्सविरुद्ध पनि अर्धशतक बनाएका थिए। एकदिवसीयमा उनको यो १२औं अर्धशतक हो।

आसिफले कुशल मल्लासँग चौथो विकेटका लागि अर्धशतकीय साझेदारी गर्दै पावर प्लेमै ३ विकेट मागुएपछि दबाबमा आएको नेपाललाई दबाबबाट निकालेका थिए। ४३–३को अवस्थामा यी दुईले नेपाललाई १००–४को अवस्थामा पु¥याएका थिए।

कुशल ३८ बलमा २२ रन बनाए खेलिरहेका छन्। उनलाई क्रिजमा कप्तान रोहित पौडेले साथ दिएका छन्।

त्यसअघि नेपालका लागि ओपनर कुशल भुर्तृेलले १६ बलमा १८ रन बनाए भने अनिल साह र देव खनाल शुन्य रनमा पभेलियन फर्किएका थिए। यी तीनै खेलाडीलाई नेपालले लागतार २ ओभरम गुमाएको थियो।

नामिबियाका लागि बर्नार्ड स्कोल्ट्जले ३ तथा ज्याक ब्रेसवेलले १ विकेट लिए।

 

प्रकाशित मिति: १०:५६ बजे, बुधबार, फागुन ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्