छक्का प्रहार गर्दै आसिफले बनाए अर्धशतक
कीर्तिपुरस्थित टियू मैदानमा जारी नामिबियाविरुद्धको खेलको आसिफ छक्काप प्रहार गर्दै ५५ बलमा अर्धशतक बनाएका हुन्।काठमाडाैं, फागुन ९ : ओपनर आसिफ सेखले आईसिसी विश्वकप लिग–२को पहिला त्रिकोणात्मक सिरिजमा लागतार दोस्रो अर्धशतक प्रहार गरेका छन्। कीर्तिपुरस्थित टियू मैदानमा जारी नामिबियाविरुद्धको खेलको आसिफ छक्काप प्रहार गर्दै ५५ बलमा अर्धशतक बनाएका हुन्।
आसिफले ५५ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक बनाएका हुन्। यअसघि उनले अघिल्लो खेलमा नेदरल्यान्ड्सविरुद्ध पनि अर्धशतक बनाएका थिए। एकदिवसीयमा उनको यो १२औं अर्धशतक हो।
लगातार ओभरमा ३ विकेट गुसमाएको नेपालल आसिफको अर्धशतकमा खेलमा फर्किएको छ। ताजा अवस्थामा नेपाल १८ ओभरको समाप्तिमा ८४–३को अवस्थामा छ। आसिफलाई ३० बलमा २१ रन बनाउँदै कुशल मल्लले साथ दिइरहेका छन्। यी दुईले अर्धशतकीय साझेदारी गरेका छन्।
नेपालले तेस्रो विकेटका रुपमा आठौं ओभरको अन्तिम बलमा देव खनाललाई शुन्य रनमा गुमाएको थियो। ५ बल खेलेको उनी ज्याक ब्रेसवेलको बलमा विकेटकिपरबाट क्याच आउट भए।
त्यसअघि नेपालले सातौं ओभरमा ओपनर कुशल भुर्तेल र इनफर्म ब्याट्सम्यान अनिल साहलाई गुमाएको थियो। ओभरको दोस्रो बलमा कुशल बर्नार्ड स्कोल्ट्जको बलमा एलबिडब्लु आउट भए भने अन्तिम बलमा अनिल गेराल्र्ड इरास्मसबाट आउट क्याच आउट भए। कुशलले १६ बलमा १८ रन बनाउँदा अनिलले रन जोड्न सकेनन्।