नेपालले गुमायो पावरप्लेमा तेस्रो विकेट, देव खनाल डकआउट
कीर्तिपुरस्थित टियू मैदानमा टस हारर पहिला ब्याटिङ गरेको नेपालले पावर प्लेमा ६६ रन बनाउँदा ३ विकेट गुमाएको हो।काठमाडाैं, फागुन ९ : आईसिसी विश्वकप लिग–२को पहिला त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले नामिबियाविरुद्ध पावर प्लेमा तेस्रो विकेट गुमाएको छ। कीर्तिपुरस्थित टियू मैदानमा टस हारर पहिला ब्याटिङ गरेको नेपालले पावर प्लेमा ६६ रन बनाउँदा ३ विकेट गुमाएको हो।
नेपालले तेस्रो विकेटका रुपमा आठौं ओभरको अन्तिम बलमा देव खनाललाई शुन्य रनमा गुमायो। ५ बल खेलेको उनी ज्याक ब्रेसवेलको बलमा विकेटकिपरबाट क्याच आउट भए।
त्यसअघि नेपालले सातौं ओभरमा ओपनर कुशल भुर्तेल र इनफर्म ब्याट्सम्यान अनिल साहलाई गुमाएको थियो। ओभरको दोस्रो बलमा कुशल बर्नार्ड स्कोल्ट्जको बलमा एलबिडब्लु आउट भए भने अन्तिम बलमा अनिल गेराल्र्ड इरास्मसबाट आउट क्याच आउट भए। कुशलले १६ बलमा १८ रन बनाउँदा अनिलले रन जोड्न सकेनन्।
नेपालको इनिङ आसिफ सेख र कुशल मल्ले सम्हालिरहेका छन्। आसिफले ३२ बलमा ६ चौका प्रहार गर्दै ३५ रन बनाएका छन् भने कुशलले ५ बलमा २ छक्का प्रहार गर्दै १२ रन बनाएका छन्।