विश्व कप क्रिकेट लिग–२ को तेस्रो खेलमा आज नेपाल र नामिबिया खेल्दै
खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजेदेखि शुरु हुनेछ । यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो ।
काठमाडौं, फागुन ९ : नेपालले सन् २०२४ को आईसीसी विश्व कप लिग–२ को तेस्रो खेलमा आज नामिबियासँग खेल्दैछ ।
खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजेदेखि शुरु हुनेछ । यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो ।
नामिबिया र नेदरल्यान्ड्सबीच अस्ति सोमवार भएको खेलमा नेदरल्यान्ड्स विजयी भएको थियो । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाल र नामिबियाबीच अहिलेसम्म ७ वटा खेल भएका छन् ।
नेपाल २ खेलमा विजयी र ४ खेलमा पराजित हुँदा एउटा खेल नतिजाविहीन भएको छ ।
प्रकाशित मिति: ०८:४५ बजे, बुधबार, फागुन ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1776510445.jpg)
-1755950009.png)