Kathmandu Press

बासिर र सन्दीपको उत्कृष्ट प्रदर्शनमा नेपाल ‘ए’को पहिलो जित

मूलपानी क्रिकेट मैदानमा जारी एकदिवसीय सिसिजको दोस्रो खेलमा कप्तान सन्दीप जोरा र बासिर अहमदको उत्कृष्ट प्रदर्शन मद्दतमा नेपालले एले क्यानडा ११लाई २ विकेटले हरायो।
बासिर र सन्दीपको उत्कृष्ट प्रदर्शनमा नेपाल ‘ए’को पहिलो जित

काठमाडौं, फागुन ८ : पहिलो पटक गठन भएको नेपाल ए टिमले पहिलो जित निकालेको छ।

मूलपानी क्रिकेट मैदानमा जारी एकदिवसीय सिसिजको दोस्रो खेलमा कप्तान सन्दीप जोरा र बासिर अहमदको उत्कृष्ट प्रदर्शन मद्दतमा नेपालले एले क्यानडा ११लाई २ विकेटले हरायो।

Hardik ivf

पहिला ब्याटिङ गर्दै क्यानडा ११ ले दिएको २४१ रनको लक्ष्य नेपालले ५ बल बाँकी छँदा ८ विकेटको क्षतिमा भेट्टायो। नेपाललाई जित दिलाउने क्रममा कप्तान सन्दीप जोराले ७४ बलमा ६६ रन बनाए।

यस्तै, बासिर अहमदले ७३ बलमा ५२ रन बनाए। नेपाललाई जित दिलाउने क्रममा तेस्रो विकेटका लागि सन्दीप र अर्जुन कुमालले शतकीय साझेदारी गरेका थिए। अर्जुनल ४० रन बनाए। यस्तै, रसिद खानले ५१ बलमा ४७ रनको महत्वपूर्ण योगदान दिए।

बलिङमा क्यानडा ११का अमोर खालिद, साहिद अहमदजाइ र निखिल दत्तले समान २ विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको क्यानडा ११ इनिङको १ बल बाँकी छँदै २४० रनमा अलआउट भयो। उसका लागि श्रेयस मोभाले ८२ बलमा ५ चौका प्रहार गर्दै सर्वाधिक ६८ रन बनाए भने नवनीत धालिवालले ६० बलमा ४६, श्रीमन्थ विजयरत्नेले ५७ बलमा ४१ रन बनाए भने आरोन जोन्सनले ३८ बलमा ३६ रनको योगदान दिए। 

बलिङमा नेपालका साहब आलमले ३ विकेट लिँदा सरिद खान र शेर मल्लले समान २ विकेट लिए। यो जितसँगै ३ खेलको सिरिज १–१को बराबरीमा आएको छ। निर्णायक खेल बिहीबार हुनेछ।

प्रकाशित मिति: १७:२१ बजे, मंगलबार, फागुन ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्