नेपालले भारतमा गुजरात र बरोडासँग मैत्रीपूर्ण टि–२० सिरिज खेल्ने
टि–२० विश्वकपको तयारीका लागि नेपालले भारतको बरोडा क्रिकेट एसोसिएशन र गुजरात क्रिकेट एसोसिएशनसँग त्रिकोणात्मक टि–२० सिरिज खेल्न लागेको हो।काठमाडाैं, फागुन ७ : आसन्न टि–२० विश्वकपको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतले मैत्रीपूर्ण टि–२० सिरिज खेल्ने भएको छ। नेपालले भारतको बरोडा क्रिकेट एसोसिएशन र गुजरात क्रिकेट एसोसिएशनसँग त्रिकोणात्मक टि–२० सिरिज खेल्न लागेको हो।
साइ मेगफान स्पोर्टसलाइफको आयोजनामा हुने सिरिज ३१ मार्चबाट सुरु हुने क्यानले जनाएको छ।
सिरिजको पहिलो खेल नेपाल र गुजरातबीच मार्च ३१मा हुनेछ। अप्रिल १मा बरोडा र गुजरात भीड्दा अप्रिल २मा नेपालले बरोडाको सामाना गर्ने तालिका छ।
यस्तै, अप्रिल ३मा नेपालले पुनः गुजरातसँग खेल्दा अप्रिल ४मा पुनः बरोडा र गुजरात आमनेसामने हुनेछन्। लिगको अन्तिम खेल नेपाल र बरोडाबीच अप्रिल ५मा हुनेछ। लिगका शीर्ष दुई टिमबीच उपाधिका लागि अप्रिल ७मा भीडन्त हुनेछ।
प्रकाशित मिति: १९:०२ बजे, सोमबार, फागुन ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रियल लिभरपुलसँग पराजित, लिभपुरल शीर्ष स्थानमाबिहीबार, मंसिर १३, २०८१
जनकपुर बोल्ट्सले एनपिएलको उपाधि जित्न सक्ने मुख्य तीन आधारबुधबार, मंसिर १२, २०८१
एनपिएलको उद्घाटनको खेलको टिकट ‘सोल्ट आउट’बुधबार, मंसिर १२, २०८१
एनपिएल खेल्न कर्णालीका वाल्टन र बाबर काठमाडौंमाबुधबार, मंसिर १२, २०८१