Kathmandu Press

इटालीमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ३४९ को मृत्यु

काठमाडौं, चैत्र ४ : इटालीमा कोरोनाभाइरसको संक्रमणबाट थप ३ सय ४९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाभित्र ३ सय ४९ जनाको मृत्यु भएपछि इटालीमा कोरोनाभ....

इटालीमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ३४९ को मृत्यु
Hardik ivf

काठमाडौं, चैत्र ४ : इटालीमा कोरोनाभाइरसको संक्रमणबाट थप ३ सय ४९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाभित्र ३ सय ४९ जनाको मृत्यु भएपछि इटालीमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या २१ सय ५८ पुगेको छ ।

थप ३२ सय ३३ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या २७ हजार ९८० पुगेको छ । उपचार गराइरहेका २३ हजार ७३ जनामध्ये १८ सय ५१ जनाको अवस्था गम्भीर रहेको छ। २७ सय ४९ जना भने उपचारपछि ठीक भएर घर फर्किसकेका छन् ।

कोरोनाभाइरसको महामारी बढेपछि इटाली सरकारले सबै नाका बन्द गरेर मानिसहरुलाई घरभित्रै रहन आह्वान गरेपनि संक्रमण रोकिएको छैन ।

प्रकाशित मिति: ०७:४५ बजे, मंगलबार, चैत ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्