Kathmandu Press

कुशलको स्पिनमा घुम्यो नेदरल्यानड्स, नेपाललाई १३८ रनको सामान्य लक्ष्य

कीर्तिपुरस्थित टियू मैदानमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्स ३९ ओभरमा १३७ रनमै अलआउट भएपछि नेपालले समान्य लक्ष्य पाएको हो।
कुशलको स्पिनमा घुम्यो नेदरल्यानड्स, नेपाललाई १३८ रनको सामान्य लक्ष्य

काठमाडाैं, फागुन ५ : पार्टटाइम लेगस्पिनर कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गरेपछि आईसिसी विश्वकप लिग–२को पहिलो त्रिकोणात्मक सिरिजको दोस्रो खेल नोपलले बलियो नेदरल्यान्ड्सलाई १३७ रनमै अलआउट गरेको छ।

कीर्तिपुरस्थित टियू मैदानमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्स ३९ ओभरमा १३७ रनमै अलआउट भएपछि नेपालले समान्य लक्ष्य पाएको हो।

Hardik ivf

नेदरल्यानड्सका लागि कप्तान स्कट इडवार्डसले सर्वाधिक ३३ रन बनाए। उनले ४९ बलमा खेल्दै १ चौका प्रहार गरे। यस्तै, बास डे लिडले सर्वाधिक २७ र सेब्रान्ड इन्गेलब्रेचले २३ रन बनाउँदा अन्यले भने गतिलो योगदान दिन सकेनन्।

नेदरल्यान्ड्सको इनिङ धरासायी बनाउने क्रममा कुशल ७ ओभरमा २० रन मात्र खर्चेर ४ विकेट लिए। यस्तै, ललित राजवंशीले १० ओभरमा ३२ रन खर्चेर २ विकेट लिए। सोमपाल कामी र कप्तान रोहित पौडेलको नाममा पनि समान १ विकेट रह्यो।

प्रकाशित मिति: १२:१९ बजे, शनिबार, फागुन ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्