कुशल र रोहितले दिलाए नेपलालाई छैठौं र सातौं सफलता
छैठौं विकेटका रुपमा कुशल भुर्तेलले वेस्ली बारेसीलाई दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए भने सातौं विकेटका रुपमा कप्तान रोहितकुमार पौडेलले सारिज अहमदलाई बोल्ड गरे।
काठमाडाैं, फागुन ५ : आईसिसी विश्वकप लिग–२को पहिलो त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गरेको छ। कीर्तिपुरस्थित टियू मैदानमा नेपाली स्पिनरहरु चम्किएपछि नेपालले इनिङ आधा हुँदा नेदरल्यान्ड्सको ७ ब्याट्सम्यानलाई पभेलियन फर्काएको छ।
२८ ओभरको समाप्तिमा नेदरल्यान्ड्स १०३–७ को दबाबपूर्ण अवस्थामा छ। नेपालले लगातार ओभरमा छैठौं र सातौं विकेट लिएपछि नेदरल्यान्ड्स थप दबाबमा परेको हो। छैठौं विकेटका रुपमा कुशल भुर्तेलले वेस्ली बारेसीलाई दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए भने सातौं विकेटका रुपमा कप्तान रोहितकुमार पौडेलले सारिज अहमदलाई बोल्ड गरे।
त्यसअघि नेपालका लागि नेदरल्यान्डसलाई दबाबमा राख्ने क्रममा ललित राजवंशीले २ तथा सोमपाल कामीले १ विकेट लिए। नेपालले २ रनआउट गरेको थियो।
नेदरल्यान्डसका बास डे लिडले सर्वाधिक २७ रन बनाउँदा सेब्रान्ड इन्गेलब्रेचले २३, कप्तान स्कट इडवार्डस २३ रन बनाएर खेलिरहेका छन्।




-1776510445.jpg)
-1755950009.png)





