नेपाल नेदरल्यान्ड्सलाई दबाबमा राख्न सफल, लियो पाँचौं विकेट
काठमाडाैं, फागुन ५ : आईसिसी विश्वकप लिग–२को पहिलो त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले उत्कृष्ट बलिङ गरिरहेको छ। कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा टस जितेर बलिङ गरेको नेपालले अघिल्लो वर्ष एकदिवसीय विश्वपक खेलेको नेदरल्यान्ड्सलाई दबाबमा राखेको छ।
नेदरल्यान्ड्सको आधा इनिङ समाप्त हुँदा नेपालले पाँचौं सफलता हात पारेको छ। कुशल मल्लले आफ्नै बलिङमा नोह क्रोइसलाई रनआउट गरे।
ताजा अवस्थामा २६ ओभरको समाप्तिमा नेपाललाई नेदरल्यान्ड्सलाई ९९–५ को अवस्थामा छ। नेदरल्यान्डसलाई दबाबमा राख्ने क्रममा ललित राजवंशीले २ तथा सोमपाल कामीले १ विकेट लिए।
नेदरल्यान्डसका बास डे लिडले सर्वाधिक २७ रन बनाउँदा सेब्रान्ड इन्गेलब्रेचले २३, कप्तान स्कट इडवार्डस १९ रन बनाएर खेलिरहेका छन्।
प्रकाशित मिति: ११:१८ बजे, शनिबार, फागुन ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रियल लिभरपुलसँग पराजित, लिभपुरल शीर्ष स्थानमाबिहीबार, मंसिर १३, २०८१
जनकपुर बोल्ट्सले एनपिएलको उपाधि जित्न सक्ने मुख्य तीन आधारबुधबार, मंसिर १२, २०८१
एनपिएलको उद्घाटनको खेलको टिकट ‘सोल्ट आउट’बुधबार, मंसिर १२, २०८१
एनपिएल खेल्न कर्णालीका वाल्टन र बाबर काठमाडौंमाबुधबार, मंसिर १२, २०८१