कोरोनाको त्रास : पशुपतिनाथमा भक्तजन घटे
काठमाडौं चैत ३ : विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको असर धार्मिकस्थलमा समेत परेको छ । बिश्व स्वास्थ्य संगठनले नेपाललाई संक्रमणको उच्च जोखिममा र....

काठमाडौं चैत ३ : विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको असर धार्मिकस्थलमा समेत परेको छ । बिश्व स्वास्थ्य संगठनले नेपाललाई संक्रमणको उच्च जोखिममा राखेसँगै मन्दिरमा भक्तजनको संख्यामा कमी आएको पशुपति विकास कोषले जनाएको छ।
पशुपतिमा हरेक वर्ष शिवरात्री, तिज, साउने सोमबार, शदबीज छर्ने जस्ता विभिन्न समयमा गरी डेढ करोड मानिसले दर्शनको लागि आउने गरेका छन्।
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाका अनुसार कोरोना संक्रमण त्रास फैलनु अघि मन्दिर दर्शन गर्न दैनिक ५०/६० हजारको संख्यामा भक्तजन आउने गरेका थिए। हाल ७/८ हजारमात्र भक्तजन आउने गरेका छन्, उनले भने, सरकारले भिडभाड, सभा सम्मेलनमा नजान भनेपछि भक्तजनको संख्या घटेको छ।
कोषका सदस्य सचिव प्रदिप ढकालका अनुसार पशुपतिमा भारतीय भक्तजनहरु बढी आउने गरेका थिए। कोरोना भाइरसको त्रासको कारण उनीहरुको संख्यामा कमी आएको छ। साथै नेपाली भक्तजनको संख्यामा पनि कमी आएको छ। यसको असर अर्थिक क्षेत्रमासमेत परेको छ।
पशुपतिमा गत वर्ष एक लाख ७० हजार जना गैरहिन्दुले मात्र टिकट लिएका थिए, उनले भने, यो वर्ष अब त्यस्तो सम्भावना देखिएको छैन।
मन्दिरमा कोरोना संक्रमण जोखिमलाई ध्यानमा राख्दै निरन्तर सरसफाइ र मन्दिर प्रवेशद्वारमा साबुनपानीले हात धुने व्यवस्था गरिएको छ। साथै भिडभाड हुन नदिन सुरक्षाकर्मीसमेत खटाइएको छ।











-(32)-1764944804.jpeg)
