Kathmandu Press

प्राविधिकसहित नयाँ पाठ्यक्रम तयार गरी नेपाल विश्वविद्यालय सञ्चालन गर्न सुझाव

सिंहदरवारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनीहरुले अन्य विश्वबिद्यालय भन्दा फरक ढंगले सञ्चालन गर्ने गरि नेपाल विश्वविद्यालय स्थापना गर्नुपर्ने सुझाव दिएका हुन्।
प्राविधिकसहित नयाँ पाठ्यक्रम तयार गरी नेपाल विश्वविद्यालय सञ्चालन गर्न सुझाव

काठमाडाैं, फागुन ४ : शिक्षाविद्हरुले प्राविधिकसहित नयाँ पाठ्यक्रम तयार गरी नेपाल विश्वविद्यालयलाई सञ्चालन गर्न सुझाव दिएका छन्।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनीहरुले अन्य विश्वविद्यालय भन्दा फरक ढंगले सञ्चालन गर्ने गरी नेपाल विश्वविद्यालय स्थापना गर्नुपर्ने सुझाव दिएका हुन्।

Hardik ivf

बैठकमा शिक्षाविद् केदारभक्त माथेमाले अन्य विश्वविधालयमा धेरै कमजोरी देखिएकाले प्राविधिक पढेर ज्ञाता बन्न सक्ने गरी विश्वविद्यालय खोल्नुपर्ने बताए। पठ्ने र घोक्ने भन्दा पनि नयाँ विश्वविद्यालयले आफ्नो विचार र नया कुरालाइ स्थापित गर्ने वातावरण बनाइदिनुपर्ने उनले बताए।

त्यस्तै  कानूनविज्ञ माधव पौडेलले नेपालमा भएका विश्वविद्यालयको ऐन संशोधन गर्न कठिन हुने भएकाले सवै समस्यालाई समाधान गर्नेगरि नेपाल विश्वविधालय स्थापना गर्नुपर्नेमा जोड दिए।

त्यस्तै शिक्षा विद् डा.चैतन्य मिश्रले संसारका विश्वविद्यालयसँग प्रतिस्पर्धा गर्नका लागि नयाँ विश्वविद्यालयलाई बलियो बनाउनुपर्ने धारणा राखे।

बैठकमा समिति सदस्यहरुले नेपाल विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेमुक्त हुने गरि कानून बनाउनुपर्नेमा जोड दिएका थिए। 

प्रकाशित मिति: १७:२६ बजे, शुक्रबार, फागुन ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्