एमालेको पहलमा शान्तिप्रक्रिया टुंगाेमा पुग्ने चरणमा छ : ओली
विश्व सामाजिक मञ्च २०२४को अवसरमा नेपाल बुद्धिजीवी परिषद्ले शुक्रबार काठमाडौंमा आयोजना गरेको समाजवादको विश्वव्यापी सम्भावना नामक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
काठमाडाैं, फागुन ४ : एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको पहलमा शान्तिप्रक्रिया टुंगाेमा पुग्ने चरणमा रहेको बताएका छन्।
विश्व सामाजिक मञ्च २०२४को अवसरमा नेपाल बुद्धिजीवी परिषद्ले शुक्रबार काठमाडौंमा आयोजना गरेको समाजवादको विश्वव्यापी सम्भावना नामक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
उनले अहिलेको संविधानमा सामाजिक न्याय सहितको अधिकार स्थापीत गरेको भन्दै यसलाई सवै मिलेर कार्यान्वयन गरिने धारणा राखे। उनले एमाले सरकारमा रहदा सामाजिक न्यायसहितको आर्थिक बिकासमा जोड दिएको र त्यसका लागि आवश्यक पूर्वाधार बनाएको दाबी गरे।
महिला अधिकार, शिक्षा, स्वच्छ खानेपानी र स्वास्थ्यबिमा सहित सामाजिक सुरक्षाका क्षेत्रमा एमाले सरकारले धेरै काम गरेको उनले बताए। ओलीले सुखी नेपाली समृद्ध नेपालको लक्ष्यलाई पुरा गर्नका लागि प्रतिवद्ध रहेको धारणा राखे। त्यस्तै उनले समाजवादले नै मुलुकलाई अघि बढाउन सकिने र सवै प्रकारका विभेद अन्त्य गर्ने बताए।
अध्यक्ष ओलीले सामाजिक न्यायका आधारमा परराष्ट्र नीति र सम्बन्ध पारस्पारिक लाभलाई अघि बढाउने धारणा राखे।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
