Kathmandu Press

कांग्रेस सभापति देउवालाई बुझाइयो सनातन हिन्दु धर्मको पूरक प्रस्ताव 

उनीहरुको हस्ताक्षरसहित केन्द्रीय सदस्य शंकर भण्डारीले पार्टी सभापति शेरबहादुर देउवालाई पुरक प्रश्ताव बुझाएका हुन्।
कांग्रेस सभापति देउवालाई बुझाइयो सनातन हिन्दु धर्मको पूरक प्रस्ताव 

काठमाडौं, फागन ४ : कांग्रेसको जारी वैठकमा केन्द्रीय सदस्य र प्रदेश सभापतिसहित २२ जनाले धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दूधर्मको पक्षमा विशेष पूरक प्रस्ताव पेस गरेका छन्। उनीहरुको हस्ताक्षरसहित केन्द्रीय सदस्य शंकर भण्डारीले पार्टी सभापति शेरबहादुर देउवालाई पुरक प्रश्ताव बुझाएका हुन्।

प्रतावमा केन्द्रीय सदस्य भण्डारीसहित, दिलेन्द्र बडू, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, प्रकाश रसाइली स्नेही, रंगमति शाही, विद्या तिमल्सिना, गेहेन्द्र गिरी, सीता देवकोटा, अर्जुनजंगबहादुर सिंह, सीताकुमारी, सारदा पौडेल, चम्पादेवी खड्का, नागिना यादव, नृपबहादुर बड, सञ्जय गौतम, भीम पराजुली, दिनेश कोइराला, मुक्ताकुमारी यादव र डा. डिला संग्रौलाले हस्ताक्षर गरेको जनाइएको छ।

Hardik ivf

प्रश्तावमा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पनि हस्ताक्षर गरेका छन्।

‘७ फागुनदेखि प्रारम्भ हुने महासमिति बैठकका सन्दर्भमा जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत राजनीतिक दस्तावेजहरूमा वैदिक सनातन धर्म जस्तो बहुमत महासमिति सदस्यको भावना र आम नेपाली जनताको व्यापक चासो र चिन्ताको विषयलाई छलफलमा नल्याइएप्रति चिन्तित हुँदै हामी नेपाली कांग्रेसका तपशीलका केन्द्रीय कार्यसमितिका सदस्यहरूले महासमितिको बैठकबाट छलफल गरेर सनातन हिन्दुराष्ट्रको पक्षमा नेपाली काँग्रेस दृढतापूर्वक उभिन यो कार्यसमिति बैठकमा पूरक प्रस्तावको रूपमा वैदिक सनातन हिन्दूधर्मको पक्षमा यो प्रस्ताव पेस गरेका छौँ,’ प्रस्तावमा भनिएको छ।
 

प्रकाशित मिति: १६:२१ बजे, शुक्रबार, फागुन ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्