फाइनल प्रवेशका लागि मलेसियासँग खेल्दै नेपाल
मलेसियासँगको खेलमा जित जिकाले नेपाल एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेश गर्नेछ । यसअघि बुधबार कुवेतविरुद्धको खेलमा नेपाल डकवर्थ लेविस पद्धति (डीएलएस) अनुसार आठ विकेटले विजयी भएको थियो ।
काठमाडौं, फागुन ४ : मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा आज नेपालले मलेसियासँग खेल्दै छ ।
मलेसियासँगको खेलमा जित जिकाले नेपाल एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेश गर्नेछ। यसअघि बुधबार कुवेतविरुद्धको खेलमा नेपाल डकवर्थ लेविसका अनुसार ८ विकेटले विजयी भएको थियो ।
टस जितेर ब्याटिङमा आएको कुवेतले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ७३ रनको योगफल खडा गरेको थियो । ७४ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको नेपालले ब्याटिङ गरिरहँदा पानी परेपछि लक्ष्य घटाइएको थियो ।
डीएलएस पद्दतिअनुसार १२ ओभरमा ५० रनको लक्ष्य नेपालले ६.५ ओभरमा दुई विकेट गुमाएर भेट्टाएको थियो ।
प्रकाशित मिति: ०८:१७ बजे, शुक्रबार, फागुन ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1765629162.jpg)


