Kathmandu Press

युरो कप स्थगित गर्न इटालीको प्रस्ताव

काठमाडौं, चैत ३ : विश्वभर महामारीमा रुपमा फैलिएको कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित इटालीले युरोकप फुटबल प्रतियोगिता स्थगित गर्न प्रस्ताव गरेको छ।....

युरो कप स्थगित गर्न इटालीको प्रस्ताव

काठमाडौं, चैत ३ : विश्वभर महामारीमा रुपमा फैलिएको कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित इटालीले युरोकप फुटबल प्रतियोगिता स्थगित गर्न प्रस्ताव गरेको छ। कोरोनाको संक्रमण बढेपछि इटालियन फुटबल फेडेरेसनले आगामी जुलाईका लागि तय भएको युरोकप फुटबल सार्न युरोपियन फुटबल एसोसिएसन सक्षम प्रस्ताव गरेको हो।

कोरोना भाइरसले प्रभावित बनेको इटालियन सिरी एलाई मध्यनजर गर्दै इटालीले यस्तो प्रस्ताव गरेको बताइएको छ। अप्रिल ३ सम्मका लागि स्थगित सिरी एलाई पूरा गर्नका लागि आफूहरुले युरोकप स्थगितको प्रस्ताव अघि सारेको इटालियन फुटबल एसोसिएसनका अध्यक्ष ग्याब्रियल ग्राबिनाले बताएका छन्।

अध्यक्ष ग्राबिनाले मंगलबार बस्ने युइएफएको आकस्मिक बैठकमा युरोकप रोक्न औपचारिक प्रस्ताव पेश गर्ने बताएका छन्। उनले भने ‘क्लबहरूले ठूलो लगानी गरेका छन्, सिरी एलाई पूरा गर्नु हाम्रो प्रमुख दायित्व हो। क्लबहरु बाँच्नु पर्छ, अनि मात्र फुबटल बाँच्छ। त्यसैले युरोकप सार्न औपचारिक प्रस्ताव गर्न लागेका हौं।’

कोरोना भाइरसले विश्व फुटबलसँगै युरोपियन फुटबल पनि नराम्ररी प्रभावित बनेपछि युइएफएले मंगलबार आकस्मिक बैठक डाकेको हो। बैठकमा ५५ वटै सदस्य राष्ट्रका प्रतिनिधि सहभागी हुनेछन्।

युरोकप २०२० आगामी जुन १२ देखि जुलाई १२ सम्मका लागि तय भएको छ। यसपटक युरोकप १२ देशका विभिन्न १२ शहरमा आयोजना हुँदै छ।

इटलीको घरेलु लिग सिरी ए पूरा गर्न पनि युरो स्थगित गर्न इटलीले युइएफएसँग आग्रह गरेको हो । युरो २०२० जुन १२ देखि जुलाई १२ सम्म हुने तय छ ।

 

 

 

प्रकाशित मिति: १३:२८ बजे, सोमबार, चैत ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्