सय रन नबनाउँदै नेपालले गुमायो सातौं विकेट, भीम सार्की ४४ रनमा आउट
कीर्तिपुरस्थित टियू मैदानमा पहिला ब्याटिङ गरेको नेपालले सय रन नबनाउँदै ७ विकेट गुमाएको छ।काठमाडाैं, फागुन ३ : आईसिसी विश्वकप लिग–२ अन्गर्ततको पहिलो त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले खराब ब्याटिङ गरेको छ। कीर्तिपुरस्थित टियू मैदानमा पहिला ब्याटिङ गरेको नेपालले सय रन नबनाउँदै ७ विकेट गुमाएको छ।
नेपालले सातौं विकेटका रुपमा क्रिजमा टिकेटका भीम सार्कीलाई व्यक्तिगत ४४ रनमा गुमायो। भीमले ८६ बलमा २ चौका १ छक्का प्रहार गरे। उनी २८औं ओभरको चौथो बलमा एलबिडब्लु आउट भए।
अहिले क्रिजमा गुल्सन झा र पवन सर्राफ छन्। ताज अवस्थामा नेपाल २९ ओभरको समाप्तिमा ९८–७को अवस्थामा छ।
त्यसअघि नेपालले नेपालले पाचौं र छैठौं विकेट लगातार ओभरमा गुमाएको थियो। पाँचौं विकेटका रुपमा कशुल मल्ला २०औं ओभरको पाँचौं बलमा कप्तान गेर्हाड इरास्मसको बलमा लुंगामेनीबाट क्याच आउट भए। उनले २२ बलमा समान १ चौका र छक्का मद्दतमा १५ रन बनाए। यस्तै, सोमपाल कामी २१औं ओभरको चौथो बलमा इरास्मसकै बलमा आउट भए। उनले २ रन मात्र बनाए।
पावर प्लेमा २५–४को खराब अवस्थामा रहेको नेपालका लागि कुशलले भीम सार्कीसँग पाँचौं विकेटका लागि ४२ रनको साझेदारी गरेका नेपालको इनिङ उकासेका थिए।
नेपालले पहिलो बलमै कुशल भुर्तेललाई गुमाएको थियो भने तेस्रो ओभरको पहिलो बलमा अनिल साहलाई व्यक्तिगत ८ रनमा गुमाएको थियो। दुवै रुबिन तिरुपेल्मनको शिकार बने।
यस्तै नेपालले चौथो ओभरको अन्तिम बलमा आरिफ सेखलाई पनि व्यक्तिगत ४ रनमा गुमाएको थियो। उनी ज्याक ब्रासेलको बलमा आउट भए। नेपालले चौथो विकेटका रुपमा कप्तान रोहितकुमार पौडेललाई १०औं ओभरको तेस्रो बलमा गुमाएको थियो । उनी ज्याक ब्रासेलको बलमा बोल्ड भए। उनले १३ बलमा १ रन बनाए।