Kathmandu Press

इटालीमा कोरोनाको कारण पछिल्लो २४ घण्टाभित्र तीन सय ६८ जनाको मृत्यु

रोम, चैत ३ :इटालीमा आइतबार कोरोनाभाइरसको संक्रमणबाट तीन सय ६८ जनाको मृत्यु भएको छ।

इटालीमा कोरोना भाइरसको कारण कुल मृत्यु हुनेको स....

इटालीमा कोरोनाको कारण पछिल्लो २४ घण्टाभित्र तीन सय ६८ जनाको मृत्यु

रोम, चैत ३ :इटालीमा आइतबार कोरोनाभाइरसको संक्रमणबाट तीन सय ६८ जनाको मृत्यु भएको छ।

इटालीमा कोरोना भाइरसको कारण कुल मृत्यु हुनेको संख्या एक हजार आठ सय नौ पुगेको छ। चीनपछि सबैभन्दा प्रभावित मुलुक अब इटाली भएको छ। 

कोरोनाकै कारण भ्याटिकनले पनि इस्टर सप्ताह समारोह रद्द गरेको छ। पोप फ्रान्सिस आइतबार भ्याटिकन शहरमा पैदल हिँडेर कोरोनाभाइरस महामारीको शिकार भएकाहरूका लागि एक गिर्जाघरमा प्रार्थना गर्न गएका थिए।

कोरोनाभाइरसबाट प्रभाविता फ्रान्स र स्पेनमा पनि क्याफे, पसल र रेस्टुरेन्टहरु बन्द गरिएका छन्। 

फ्रान्सले अति जरुरी बाहेकका व्यवसायहरू बन्द गर्न आदेश दिएको छ भने स्पेनले एक कदम अगाडि गएर मानिसहरूलाई स्वास्थ्य सेवा वा खाद्यान्न किन्न बाहेकका अरु काममा घर छोड्न प्रतिबन्ध लगाएको छ। 

जर्मनीमा कोरोना संक्रमित व्यक्तिको संख्या बढेपछि फ्रान्स, अस्ट्रिया, स्विट्जरल्याण्ड, लक्जमबर्ग र डेनमार्कसँगका सीमामा सोमबारदेखि कडाई गरेको छ। 

प्रकाशित मिति: १३:१७ बजे, सोमबार, चैत ३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्