Kathmandu Press

नेपाललाई पाचौं झड्का, कुशल मल्ल आउट

कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले पाचौं विकेटका रुपमा कुशल मल्ललाई गुमाएको हो।
नेपाललाई पाचौं झड्का, कुशल मल्ल आउट

काठमाडाैं, फागुन ३ : आईसिसी विश्वकप लिग–२ अन्गर्ततको पहिलो त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपाललाई पाचौं झट्का लागेको छ। कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले पाचौं विकेटका रुपमा कुशल मल्ललाई गुमाएको हो।

कुशल २०औं ओभरको पाँचौं बलमा कप्तान गेर्हाड इरास्मसको बलमा लुंगामेनीबाट क्याच आउट भए। उनले २२ बलमा समान १ चौका र छक्का मद्दतमा १५ रन बनाए। ताजा अवस्थामा नेपाल २० ओभरको समाप्तमा ६७–५को अवस्थामा छ।

Hardik ivf

पावर प्लेमा २५–४को खराब अवस्थामा रहेको नेपालका लागि कुशलले भीम सार्कीसँग पाँचौं विकेटका लागि ४२ रनको साझेदारी गरेका छन्। भीम ६६ बलमा २ चौका र १ छक्का मद्दतमा ३७ रन बनाएर खेलिरहेका छन्। उनलाई सोमपाल कामीले साथ दिइरहेका छन्।

नेपालले पहिलो बलमै कुशल भुर्तेललाई गुमाएको थियो भने तेस्रो ओभरको पहिलो बलमा अनिल साहलाई व्यक्तिगत ८ रनमा गुमाएको थियो। दुवै रुबिन तिरुपेल्मनको शिकार बने।

यस्तै नेपालले चौथो ओभरको अन्तिम बलमा आरिफ सेखलाई पनि व्यक्तिगत ४ रनमा गुमाएको थियो। उनी ज्याक ब्रासेलको बलमा आउट भए। नेपालले चौथो विकेटका रुपमा कप्तान रोहितकुमार पौडेललाई १०औं ओभरको तेस्रो बलमा गुमाएको थियो । उनी  ज्याक ब्रासेलको बलमा बोल्ड भए। उनले १३ बलमा १ रन बनाए।

प्रकाशित मिति: ११:१० बजे, बिहीबार, फागुन ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्