नामिबियाविरुद्ध दबाबमा नेपाल, सुरुआतमै गुमायो ३ विकेट
कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेकाे नेपाल सुरुआतमै तीन विकेट गुमाउँदा नेपाल दबाबमा परेको छ।
काठमाडाैं, फागुन ३ : आईसिसी विश्वकप लिग–२ अन्गर्ततको पहिलो त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले अहिले नामिबियाविरुद्ध ब्याटिङ गरिरहेको छ। कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेकाे नेपाल सुरुआतमै तीन विकेट गुमाउँदा नेपाल दबाबमा परेको छ।
केही बेरअघि सुरु भएको खेलमा नेपालले पहिलो बलमै कुशल भुर्तेललाई गुमाएको थियो भने तेस्रो ओभरको पहिलो बलमा अनिल साहलाई व्यक्तिगत ८ रनमा गुमाएको थियो। दुवै रुबिन तिरुपेल्मनको शिकार बने। यस्तै नेपालले चौथो ओभरको अन्तिम बलमा आरिफ सेखलाई पनि व्यक्तिगत ४ रनमा गुमाएको थियो। उनी ज्याक ब्रासेलको बलमा आउट भए।
अहिले क्रिजमा कप्तान रोहित पौडेल र भीम सार्की छन्। ताज अवस्थामा नेपाल ४ ओभरको समाप्तिमा १३–३ को दबाबपूर्ण अवस्थामा छ।
प्रकाशित मिति: ०९:५७ बजे, बिहीबार, फागुन ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1765629162.jpg)


