Kathmandu Press

आलिया र रणवीरको तस्बिर भाइरल

काठमाडौं, चैत ३ : बलिउड अभिनेत्री आलिया भट्ट र उनका पार्टनर अभिनेता रणवीर कपूरको तस्बिर भाइरल भएको छ।

आलियाको जन्मदिनको पार्टीमा खिचिएको तस्....

आलिया र रणवीरको तस्बिर भाइरल

काठमाडौं, चैत ३ : बलिउड अभिनेत्री आलिया भट्ट र उनका पार्टनर अभिनेता रणवीर कपूरको तस्बिर भाइरल भएको छ।

आलियाको जन्मदिनको पार्टीमा खिचिएको तस्बिर भाइरल बनेको हो। आलिया आइतबार २७ वर्षमा प्रवेश गरेकी छन्। उनको जन्मदिनमा आयोजित पार्टीमा रणवीरले चुम्बन गरेको तस्बिर भाइरल भएको छ।

आलियाको जन्मदिनमा आइतबार पार्टी राखिएको थियो। त्यसमा रणवीर पनि सहभागी थिए। उनले आलियालाई चुम्बन गरेको तस्बिर नातासा पूनवालाले इन्स्टाग्राममा राखेकी हुन्। उनी पनि जन्मदिनको पार्टीमा सहभागी थिइन्। यो फोटो इन्स्टाग्राममा आएसँगै भाइरल बनको हो।

आलिया र रणवीर लामो समयदेख प्रेमसम्बन्धमान छन्। केही समयअघि उनीहरूले डेटमा गएका तस्बिर पनि भाइरल भएका थिए।

 

प्रकाशित मिति: १३:०५ बजे, सोमबार, चैत ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्