कुवेतलाई हराउँदै नेपाल एसिसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा
बुधबार मलेसियामा भएको क्वार्टफाइनलमा कुवेतलाई डिएल मेथर्डका आधारमा ८ विकेटले हराउँदै नेपाल सेमिफाइलनमा पुगेको हो।काठमाडाैं, फागुन २ : नेपाल एसिसी वुम्मन्स प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार मलेसियामा भएको क्वार्टफाइनलमा कुवेतलाई डिएल मेथर्डका आधारमा ८ विकेटले हराउँदै नेपाल सेमिफाइलनमा पुगेको हो।
नेपाल समूह डीको विजेता र कुवेत समूह एको उपविजेताका रुपमा क्वार्टरफाइनल पुगेका थिए।
पहिला ब्याटिङ गर्दै कुवेतले दिएको ७४ रनको सामान्य लक्ष्य नेपालले ६.५ ओभरमा २ विकेटको क्षतिमा ५० रन बनाउँदा खेल रोकिएपछि डिएल मेथर्डका आधारमा नेपाल विजयी भएको हो। नेपालका लागि इन्दू बर्माले २१ बलमा २२ र सीता रानामगरले १५ बलमा २२ रन बनाए।
त्यसअघि पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा ७३ रनमात्रै बनाउन सक्यो। उसका लगि तीन ब्याट्सम्यानले मात्र दोहोरो अंकमा स्कोर बनाउन सके। प्रियदा मुरालीले सर्वाधिक २९ र शान्थी बालासुरामनिन र खादिजा खलिलले समान १३ रन बनाए।
कुवेतलाई सस्तैमा रोक्ने क्रममा सीता रानामगरले ४ ओभरमा ११ रन खर्चेर सर्वाधिक ३ विकेट लिइन् भने रुविना क्षेत्री र कविता कुँवरले समान २ विकेट लिए।
अब नेपालले सेमिफाइलनमा शुक्रबार मलेसियासँग खेल्ने छ। आजै भएको खेलमा जापानलाई १६ रनलेृ हराउँदै मलेसिया सेमिफाइनलमा पुगेको हो।