Kathmandu Press

अनिल र देवले लिग–२ खेल्ने, अर्जुन र रिजन बाहिरिए

सैसाता भएको क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि क्यानले अनिल र देवलाई समावेश गरेको हो।
अनिल र देवले लिग–२ खेल्ने, अर्जुन र रिजन बाहिरिए

काठमाडौं, फागुन २ : ओपनर तथा विकेटकिपर ब्याट्सम्यान अनिल साह र मिडलअर्डर ब्याट्सम्यान देव खनाल घरेलु मैदानमा हुन लागेको आईसिसी लिग–२को पहिलो सिरिज खेल्नेृ भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार बिहान अनिल र देवलाई लिग–२ खेल्ने टिममा समावेश गरेको हो। यसैसाता भएको क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि क्यानले अनिल र देवलाई समावेश गरेको हो।

Hardik ivf

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेपछि राष्ट्रिय टिममा पुनरागमन गरेका अनिलले क्यानडाविरुद्ध २ खेलेका थिए। उनले पहिलो खेलमा अर्धशतक र दोस्रो खेलमा शतक प्रहार गरेका थिए। देवले पनि क्यानडाविरुद्ध २ खेल मात्र खेलपनि १ खेलमा मात्र ब्याटिङको अवसर पाएका थिए। सो खेलमा उनले ७६ रन बनाएका थिए।

अनिल र देव लिग–२को टिममा भित्रिएपछि यसअघि नै टिममा अर्का विकेटकिपर ब्याट्सम्यान अर्नुज साउद र देव्रेहाते फास्ट बलर रिजन ढकाल भने टिमबाट बाहिरिएका छन्।

नेपाल, नेदरल्यान्ड्स र नामिबिया सम्मिलित लिग २को पहिलो त्रिकोणात्मक सिरिज भोलिबाट सुरु हुँदैछ। नेपालले भोलि नामिबिया, माघ ५ गते नेदरल्यान्ड्ससँग खेल्नेछ। यस्तै, ९ गते फेरि नामिबिया र १३ गते नेदरल्यान्ड्ससँग खेल्नेछ।

नेपाली टिम ः कुशल भुर्तेल, आसिफ सेख, अनिल साह, भीम सार्की, देव खनाल, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ सेख, कुशल मल्ल, पवन सर्राफ, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ।

प्रकाशित मिति: १२:२६ बजे, बुधबार, फागुन २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्