रुविनाले ‘प्लेअर अफ दी म्याच’ देश, समर्थक र परिवारलाई समर्पण गरिन्
‘यो अवार्ड मेरो देश, नेपाली महिला क्रिकेटलाई माया गर्ने समर्थक र मेरो परिवारलाई समर्पण गर्न चाहन्छु,’ रुविनाले भनिन्।
काठमाडाैं, फागुन १ : नेपाली महिला राष्ट्रिय क्रिकेट टिमकी पूर्वकप्तान तथा अलराउन्डर रुविना क्षेत्रीका लागि मंगलबार विशेष रह्यो। रुविनाले अलराउन्ड प्रदर्शन गर्दै एसिसी वुमन्स प्रिमियर कपमा माल्दिभ्समाथि नेपाललाई २१४ रनको कीर्तिमानी जित दिलाइन्।
खेलमा शतक र ३ वकेट लिएकी रुविना ‘प्लेअर अफ दी म्याच’ बनिन्। आफूले पाएको ‘प्लेअर अफ दी म्याच’ अवार्ड रुविनाले देश, क्रिकेट समर्थक र परिवारप्रति समर्पण गरेको बताइन्।
‘यो अवार्ड मेरो देश, नेपाली महिला क्रिकेटलाई माया गर्ने समर्थक र मेरो परिवारलाई समर्पण गर्न चाहन्छु,’ रुविनाले भनिन्।
रुविनाले माल्दिभ्सविरुद्ध ५९ बलमा ११ चौका र ५ छक्का प्रहार गर्दै नटआउट ११८ रन बनाइन्। योसँगै उनी अन्तर्राष्ट्रिय महिला क्रिकेटमा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनिन्। विकेट राम्रो रहेको र यहाँ खेलिसकेकाले विकेटमा टिकेर आफ्नै सर्टहरु खेल्ने योजना अनुसार खेल्दा कीर्तिमान बनेको रुविनाले बताइन्। य
‘विकेट निकै राम्रो थियो, हामीले यो विकेटमा खेलिसकेका थियौं । विकेट फ्ल्याट हुन्छ र खेल्न सहज हुन्छ भन्ने मलाई थाहा थियो,’ उनले भनिन्, ‘हामीले जति लामो समय खेल्यो त्यति धेरै रन बनाउन सक्छौं भन्ने थियो, त्यहीअनुसार खेलेँ।’
रुविना र पुजा महतोले शतकीय साझेदारी गर्दै नेपाललाई बलियो अवस्थामा लगेका थिए। यी दुईले ८२ बलमा १६६ रनको नटआउट साझेदारी गरेका थिए। यो साझेदारी टि–२० आईकै पाँचौं विकेटका लागि सर्वाधिक ठूलो साझेदारी हो। पुजाले २६ बलमा ५ चौका र १ छक्का मद्दतमा ५९ रन बनाइन्।
रुविनाले फिटनेशमा धेरै काम गरेकाले खेल्न सहज भएको बताइन्। सर्पोट स्टाफको सहयोगले पनि मलेसियाको गर्मीमा आफूले लामो इनिङ खेल्न सकेको उनले बताइन्।
समूहको लागतार तेस्रो जित निकाल्दै नेपाल क्वार्टरफाइनलमा पुगेको छ। अब नेपालले क्वार्टरफाइलनमा भोलि समूहको उपविजेता कुवेतसँग खेल्नेछ।
-1776510445.jpg)
-1755950009.png)



-1776510445.jpg)
-1755950009.png)




