Kathmandu Press

रुविना बनिन् शतक बनाउने पहिलो नेपाली महिला क्रिकेटर

योभन्दा अघि कुनै पनि नेपाली महिला क्रिकेटरले शतक प्रहार गरेका थिएनन्। रुविनाले माल्दिभ्सविरुद्ध ५९ बलमा ५ छक्का र १० चौका प्रहार गर्दै नटआउट ११८ रन बनाइन्। 
रुविना बनिन् शतक बनाउने पहिलो नेपाली महिला क्रिकेटर

काठमाडाैं, फागुन १ : नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी पूर्वकप्तान रुविना क्षेत्री लागि शतक बनाउने नेपालको पहिलो महिला क्रिकेटर बनेकी छिन्। मलेसियामा जारी एसिसी वुम्सन्स प्रिमियर कप अन्तर्गत माल्दिभ्सविरुद्ध जारी खेलमा रुविनाले शतक प्रहार गरेकी हुन्।

योभन्दा अघि कुनै पनि नेपाली महिला क्रिकेटरले शतक प्रहार गरेका थिएनन्। रुविनाले माल्दिभ्सविरुद्ध ५९ बलमा ५ छक्का र १० चौका प्रहार गर्दै नटआउट ११८ रन बनाइन्। 

Hardik ivf

रुविनाको शतक मद्दतमा नेपालले माल्दिभ्सलाई २२८ रनको विशाल लक्ष्य दिएको छ। नेपालले निर्धारित ओभरमा ४ विकेटको क्षतिमा २२७ रन बनायो। यो नेपाली महिला टिमले टि–२० मा बनाएको सर्वाधिक ठूलो योगफल हो। यअसघि नेपालको उच्च योगफल १६४ रन थियो।

६१–४ को अवस्थाबाट रुविना र पुजा महतोले शतकीय साझेदारी गर्दै कीर्तिमानी योगफल बनाए। यी दुईले ८२ बलमा १६६ रनको नटआउट साझेदारी गरेका थिए। पुजाले २६ बलमा ५ चौका र १ छक्का मद्दतमा ५९ रन बनाइन्। यस्तै, कविता कुँवरले १३ र सिता रानामगरले १५ रन बनाए। 

माल्दिभ्सका सामा अलीले ३ तथा नबा बिन्थु नसीमले १ विकेट लिइन्।

प्रकाशित मिति: १३:१६ बजे, मंगलबार, फागुन १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्