Kathmandu Press

क्यानडाविरुद्ध भीम सार्कीले बनाए अर्धशतक

उनले ७८ बलमा ५ चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन्।
क्यानडाविरुद्ध भीम सार्कीले बनाए अर्धशतक

काठमाडौं, माघ २९ : नेपाली मध्यक्रमका ब्याटर भीम सार्कीले  क्यानडाविरुद्धको तेस्रो एक दिवसीय खेलमा अर्धशतक बनाएका छन्।

उनले ७८ बलमा ५ चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन्। यसअघि सोमबारकै खेलमा नेपालका अनिलकुमार साहले पनि अर्धशतक बनाएका छन् ।

क्यानडासँगको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गतको तेस्रो तथा अन्तिम खेलमा नेपालले जितका लागि दुई सय ३३ रनको लक्ष्य पाएको छ। नेपालले १९ ओभरको खेल बाँकी छँदा ८६ रन बनाउनुपर्नेछ।

आजको खेल जिते नेपालले तीन खेलको शृंखला ‘क्लिनस्विप’ गर्नेछ।

प्रकाशित मिति: १५:२० बजे, सोमबार, माघ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्