करणी मुद्दामा १८ वर्ष कैद फैसला
जिल्ला न्यायाधीश कमलराज विष्टको आइतबारको इजलासले प्रतिवादी म्याग्दे गाउँपालिका–७ का विशाल विकलाई १८ वर्ष कैद फैसला सुनाएको हो।दमौली (तनहुँ), माघ २९ : तनहुँ जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा एक अभियुक्तलाई १८ वर्ष कैद फैसला सुनाएको छ।
जिल्ला न्यायाधीश कमलराज विष्टको आइतबारको इजलासले प्रतिवादी म्याग्दे गाउँपालिका–७ का विशाल विकलाई १८ वर्ष कैद फैसला सुनाएको हो।
साथै निजविरुद्ध रु एक लाख जरिवानाको फैसला भएको अदालतका स्रेस्तेदार केशवप्रसाद पौडेलले राससलाई जानकारी दिए।
परिवर्तित नाम २०७८÷७९ चबहादुरले निजविरुद्ध जाहेरी दिएका थिए। प्रहरीले प्रतिवादीविरुद्ध २०७८ असोज १२ गते अदालतमा जबर्जस्ती करणीमा मुद्दा दर्ता गरेको थियो। उक्त मुद्दामा अदालतमा १२ पटक पेसी तोकिएको थियो।
यही माघ २१ गते न्यायाधीश विष्टकै इजलासले उक्त मुद्दामा आदेश सुनाउँदै सजाय निर्धारणका लागि पेस गर्न भनेको थियो। सोहीबमोजिम आइतबार निजविरुद्ध कैद फैसला भएको अदालतले जनाएको छ।
प्रकाशित मिति: १३:४७ बजे, सोमबार, माघ २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अस्पताललाई सेवाका आधारमा वर्गीकरण गर्नुपर्छ : मन्त्री पौडेलबुधबार, मंसिर १२, २०८१
गृहमन्त्रीले सोधे महोत्तरी र पर्साका सिडिओलाई स्पष्टीकरण बुधबार, मंसिर १२, २०८१
रास्वपाका नेताको भाषणको क्लिपसहितका विवरण पेस गर्न सर्वोच्चको आदेशबुधबार, मंसिर १२, २०८१
जनकपुर र अयोध्यालाई हवाईसेवा मार्फत जोड्ने प्रयासमा छौं : मन्त्री पाण्डे बुधबार, मंसिर १२, २०८१