Kathmandu Press

एकदिवसीय क्रिकेट : नेपालले पायो दुई सय ३३ रनको लक्ष्य

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ३२ रनको योगफल बनायो।
एकदिवसीय क्रिकेट : नेपालले पायो दुई सय ३३ रनको लक्ष्य

काठमाडौं, माघ २९ : क्यानडासँगको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गतको तेस्रो तथा अन्तिम खेलमा नेपालले जितका लागि दुई सय ३३ रनको लक्ष्य पाएको छ। 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ३२ रनको योगफल बनायो। क्यानडाका लागि नवनीत धलिवालले अर्धशतकीय पारी खेले। उनले ८२ बल खेल्दै पाँच चौकाको मद्दतमा सर्वाधिक ५० रन जोडेका हुन्।

Hardik ivf

त्यस्तै क्यानडाका अर्का ओपनर निखिल दत्तले ४५ रन बनाए भने कप्तान साद बीन जाफरले ३१ रन बनाए। हर्ष थेकरले २९, श्रेयस मोब्बाले २५ र श्रीमान्थ विजेरत्नले २२ रन जोडे। त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।

क्यानडालाई मध्यम रनमा रोक्ने क्रममा नेपालका लागि डेब्यू खेलाडी हेमन्त धामी र कुशल मल्लले समान दुईरदुई विकेट लिए भने ललित राजवंशी र अकाश चन्दले समान एकरएक विकेट लिए।  

नेपालले यसअघि भएको दुवै खेलमा जित हासिल गरेको थियो। पहिलो खेलमा नेपालले क्यानडालाई ७ रन र दोस्रो खेलमा ४ विकेटले पराजित गरेको थियो। आजको खेलमा नेपालले क्यानडालाई हराउँदै उक्त सिरिजको क्लिन स्वीप गर्ने लक्ष्यका साथ खेल्दैछ। 

प्रकाशित मिति: १३:३४ बजे, सोमबार, माघ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्