Kathmandu Press

लिम्बू भाषाको वंशावली सार्वजनिक

दश वर्षको अनुसन्धानपछि शुक्रबार मोरङको पथरीशनिश्चरेमा उक्त वंशावली सार्वजनिक गरिएको हो। साँवा वंशावलीका अध्यक्ष धनप्रसाद साँवाको प्रमुख आतिथ्यमा वंशावली सार्वजनिक भएको थियो।
लिम्बू भाषाको वंशावली सार्वजनिक

सुन्दरहरैँचा, माघ २७ : लामो समयको खोज अनुसन्धानपछि फेम्सोहाङ लिबाङ (लिम्बू) समुदायको वंशावली सार्वजनिक भएको छ।

दश वर्षको अनुसन्धानपछि शुक्रबार मोरङको पथरीशनिश्चरेमा उक्त वंशावली सार्वजनिक गरिएको हो। साँवा वंशावलीका अध्यक्ष धनप्रसाद साँवाको प्रमुख आतिथ्यमा वंशावली सार्वजनिक भएको थियो।

Hardik ivf

पुस्तक सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि साँवाले वंशावली पुस्तक प्रकाशन गर्नु चुनौतीपूर्ण कार्य रहेको भन्दै अनुसन्धानकर्तालाई धन्यवाद ज्ञापन गरेका थिए।

उनले चुनौतीपूर्ण कार्यमा केही समस्या हुनसक्ने भएकाले कमीकमजोरी रहे अनुसन्धानकर्तालाई सुझाव दिएर सहयोग गर्न आग्रह गरे।

कार्यक्रममा लेखन तथा सङ्कलन टोलीका संयोजक ताराहाङ लिम्बूले पुस्तकमा भएका कमीकमजोरीलाई सुझावका रूपमा ग्रहण गर्दै दोस्रो संंकरणमा थप सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा झापा, मोरङ, सुनसरीलगायत जिल्लाका फेम्सोहाङ लिबाङ लिम्बूहरूको उपस्थिति थियो। 

प्रकाशित मिति: १४:५५ बजे, शनिबार, माघ २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्