Kathmandu Press

कामको आधारमा निर्वाचन जित्न नसके रुवाबासीको अर्थ हुन्न : गगन थापा

आगामी निर्वाचनका लागि अहिले नै कांग्रेसले काम गरेर देखाउनुपर्ने र अर्को पटक जित्नका लागि आधार तयार गर्नुपर्ने उनले बताए।
कामको आधारमा निर्वाचन जित्न नसके रुवाबासीको अर्थ हुन्न : गगन थापा

काठमाडाैं, माघ २७ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कामको आधारमा निर्वाचन जित्न नसके रुवाबासीको अर्थ नहुने बताएका छन्।

नेपाल ड्मोक्र्याटिक लयर्स एशोसिएशनले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा थापाले अधिकांश स्थानीय सरकार लगाएत प्रदेश र केन्द्रको सरकारमा कांग्रेस सहभागी भएकाले काम गरेर देखाउनुपर्ने भन्दै कामको आधारमा निर्वाचन जित्न नसके रुवाबासीको अर्थ नहुने बताएका हुन्।

Hardik ivf

आगामी निर्वाचनका लागि अहिले नै कांग्रेसले काम गरेर देखाउनुपर्ने र अर्को पटक जित्नका लागि आधार तयार गर्नुपर्ने उनले बताए।

थापाले आगामी निर्वाचनमा कांग्रेसले घोषणापत्र भनाई पाँच वर्षमा गरेका कामको नतिजा लिएर जानुपर्ने धारणा राखे। उनले संघीयतालाई कार्यान्वयन गर्न आवश्यक कानुन नबनाएर कार्यविधि मात्रै बनाएकाले काम गर्न अप्ठेरो देखिएको बताए।

थापाले फाल्गुनमा प्रिबजेट छलफल हुने भन्दै यसपटक नयाँ ढंगले बजेट तयार गर्न प्रधानमन्त्रीलाइ सुझाव दिएको उल्लेख गरे। 

प्रकाशित मिति: १४:१४ बजे, शनिबार, माघ २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्