Kathmandu Press

सोनाम ल्होछारले बन्धुत्व विकासका लागि उत्प्रेरित गर्छ : प्रदेश प्रमुख शर्मा

'विविधतामा एकता, सद्भाव र सामाजिक सहिष्णुता एवं आपसमा बन्धुत्व विकासका लागि यस पर्वले हामीलाई उत्प्रेरित गरोस् भन्ने कामना गर्दै यस सन्दर्भमा पुनः एकपटक शुभकामना व्यक्त गर्दछु।' 
सोनाम ल्होछारले बन्धुत्व विकासका लागि उत्प्रेरित गर्छ : प्रदेश प्रमुख शर्मा

मनहरी (मकवानपुर), माघ २७ : बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोनाम ल्होछारले बन्धुत्व विकासका लागि उत्प्रेरित गर्ने बताएका छन्। 

तामाङ समुदायको महत्वपूर्ण पर्व सोनाम ल्होछारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले तामाङ समुदायले मनाउँदै गरेकोे मौलिक सांस्कृतिक पर्व २८६०औं डुक ल्हो (सोनाम ल्होछार) ले आपसमा बन्धुत्व विकासका लागि उत्प्रेरित गर्ने बताएका छन्। 

प्रदेश प्रमुख शर्माले यस पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै सन्देशमा भनेका छन्, 'विविधतामा एकता, सद्भाव र सामाजिक सहिष्णुता एवं आपसमा बन्धुत्व विकासका लागि यस पर्वले हामीलाई उत्प्रेरित गरोस् भन्ने कामना गर्दै यस सन्दर्भमा पुनः एकपटक शुभकामना व्यक्त गर्दछु।' 

तामाङ समुदायले नयाँ वर्षका रुपमा माघ शुक्ल प्रतिपदाका दिन हर्षोल्लासपूर्ण वातावरणमा यो पर्व मनाउँदै आएको उल्लेख गर्दै उहाँले हाम्रा सबै मौलिक पर्व राष्ट्रिय चाड भएको बताएका छन्।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विविधतायुक्त समाजमा तामाङ समुदाय पनि एक महत्वपूर्ण अङ्ग भएको उनले उल्लेख गरेका छन्।

'तामाङ समुदायमा मनाइने यस पर्वले हाम्रो धर्म, संस्कृति, रीतिरिवाज तथा परम्पराको संवर्धन एवं संरक्षण गर्न महत्वपूर्ण योगदान गर्दछ भन्नेमा म विश्वस्त छु', प्रमुख शर्माले आफ्नो सन्देशमा भनेका छन्।

प्रकाशित मिति: १२:५८ बजे, शनिबार, माघ २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्