Kathmandu Press

क्यासिनो माजोङलाई मुम्बईमा प्रतिष्‍ठित अवार्ड

९ फेब्रुअरी शुक्रबार मुम्बई फंक्सन’मा उक्त क्यासिनोले ‘आउटस्ट्यान्डिङ कन्ट्रिब्युटर टु टुरिजम डेभेलपमेन्ट इन नेपाल’ अवार्ड प्राप्त गरेको हो।
क्यासिनो माजोङलाई मुम्बईमा प्रतिष्‍ठित अवार्ड

काठमाडौं, माघ २७ : होटल सोल्टीस्थित क्यासिनो माजोङले भारतको आर्थिक राजधानी मुम्बईमा प्रतिष्‍ठित अवार्ड प्राप्त गरेको छ।

९ फेब्रुअरी शुक्रबार मुम्बईमा आयोजित ‘हस्पिटालिटी अवार्ड फंक्सन’मा उक्त क्यासिनोले ‘आउटस्ट्यान्डिङ कन्ट्रिब्युटर टु टुरिजम डेभेलपमेन्ट इन नेपाल’ अवार्ड प्राप्त गरेको हो।

Hardik ivf

मुम्बईको पोवई सेन्ट्रल एभिन्यू, हीरामण्डी गार्डेनस्थित ‘मेलुहा द फर्न : इकोटेल होटल’मा शुक्रबार साँझ आयोजित समारोहमा भारतको केन्द्र सरकारका सामाजिक न्याय तथा सशक्तीकरण राज्यमन्त्री रामदास अठावाले, मुम्बईका लोकसभा सांसद अरविन्द गणपत सावन्त र बेलायतको लन्डन बोरो अफ साउथवाकका मेयर सुनिल चोपडाले क्यासिनो माजोङका अध्यक्ष तथा प्रबन्ध निर्देशक विनोद श्रेष्‍ठको नाममा अवार्ड हस्तान्तरण गरे।

उक्त अवार्डको आयोजक ‘हस्पिटालिटी इन्डिया’ हो। र, बर्सेनि उक्त अवार्ड वितरण गर्दै आएको छ। यसपटकको अवार्ड सातौं संस्करण हो।

छत्तीसगढ पर्यटन बोर्ड पनि उक्त अवार्ड फंक्सनको प्रान्तीय पार्टनर हो। होटल ‘मेलुहा द फर्न’ पनि अवार्ड कार्यक्रमको हस्पिटालिटी पार्टनर छ। सोही समारोहमा ‘हस्पिटालिटी इन्डिया कफी टेबल बुक’ नामक म्यागेजिनको आठौं संस्करणको कभर पेज पनि सार्वजनिक गरिएको थियो।

उक्त म्यागेजिनमा क्यासिनो माजोङका अध्यक्ष तथा प्रबन्ध निर्देशक श्रेष्‍ठको अन्तरवार्ता पनि समावेश छ। श्रेष्‍ठ विगत २५ वर्षदेखि पर्यटन व्यवसायमा आबद्ध छन्। क्यासिनो, होटल, रिसोर्ट, ट्राभललगायत व्यवसायमा उनको लगानी छ।

भारतको नयाँदिल्लीमा आयोजित हस्पिटालिट अवार्ड कार्यक्रममा यसअघि सन् २०२३, २०२२ र २०१९ मा ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ र सन् २०१८ मा ‘बेस्ट क्यासिनो इन नेपाल’ अवार्डबाट क्यासिनो माजोङ सम्मानित भइसकेको छ।

प्रकाशित मिति: ०९:४४ बजे, शनिबार, माघ २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्