Kathmandu Press

‘वर्तमान राजनीतिक परिस्थिति जटिल र पेचिलो बन्दै गएको छ’

अहिलेको कार्यभार कानूनहरु बनाउने र मुख्यतः शान्तिप्रक्रियालाई टुंगोमा पुर्‍याउन अन्य दलहरूसँग छलफल भइरहेको दाहालले बताए।
‘वर्तमान राजनीतिक परिस्थिति जटिल र पेचिलो बन्दै गएको छ’

काठमाडौं, माघ २६ : प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान राजनीतिक परिस्थिति जटिल र पेचिलो बन्दै गएको बताएका छन्।

पार्टी कार्यालय पेरिसडाडामा शुक्रबार बसेको माओवादी स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले वर्तमान परिस्थिति अहिले तरलका साथै जटिल र पेचिलो भएको बताएका हुन्।

Hardik ivf

अहिलेको कार्यभार कानूनहरु बनाउने र मुख्यतः शान्तिप्रक्रियालाई टुंगोमा पुर्‍याउन अन्य दलहरूसँग छलफल भइरहेको दाहालले बताए।

बैठकमा विधान मस्यौदाका बारेमा नेताहरुले धारणा राखेको र कमिटीलाई चुस्त दुरुस्त बनाउनुपर्ने सुझाव आएको माओवादी केन्द्रका प्रवक्त अग्नी सापकोटाले जानकारी दिए। केन्द्रीय समिति १५१ बनाउनुपर्ने प्रस्तावमा छलफल भएको अन्तिम निष्कर्ष विधान सम्मेलनबाटै हुने उनले बताए।

त्यस्तै प्रवक्त सापकोटाले राष्ट्रियसभा अध्यक्ष चयनको बिषयलाई लिएर गठबन्धनबीच कुनै समस्या नरहेको र पाँचै वर्ष चल्ने दाबी गरे।

प्रवक्ता सापकोटाले बाबुराम भट्टराई नेतृत्वको नेसपासँग एकता गरेर जाने पार्टीको तयारी रहेको बताए।

माओवादी स्थायी कमिटी शनिबार पनि बस्ने छ।

प्रकाशित मिति: २१:४३ बजे, शुक्रबार, माघ २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्