Kathmandu Press

घुससहित पक्राउ परेका वडाध्यक्षविरुद्ध मुद्दा दायर

घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा निजलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले माघ ३ गते रङ्गेहात पक्राउ गरेको थियो।
घुससहित पक्राउ परेका वडाध्यक्षविरुद्ध मुद्दा दायर
Hardik ivf

काठमाडौं, माघ २६ : १५ लाख घुससहित पक्राउ परेका काभ्रेको बनेपा नगरपालिका–९ का वडाध्यक्ष नृपेश बादेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा निजलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले माघ ३ गते रङ्गेहात पक्राउ गरेको थियो।  

बादेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर गरेकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो १५ लाख कायम गरी सोही ऐनको दफा ३ को उपदफा १ को देहाय (च) बमोजिम कैद सजाय हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ।

प्रकाशित मिति: २१:२४ बजे, शुक्रबार, माघ २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्