कांग्रेस प्रचारप्रसार उपसमितिमा सात सदस्य मनोनित
पार्टीले उपसमितिमा किरण गिरी, बद्री सिग्देल, सरोज अधिकारी, रोजी पराजुली ढकाल, महेश्वर गौतम, केदारनाथ दाहाल, जगत प्रजापतिलाई मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
काठमाडौं, माघ २६ : नेपाली कांग्रेसले आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन स्वयंसेवक परिचालन उपसमितिमा सदस्य मनोनित गरेको छ।
कांग्रेसले केन्द्रीय सदस्य एवं केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माको संयोजकत्वमा गठित ‘प्रचार प्रसार उपसमिति’मा सात जना सदस्य मनोनित गरेको हो।
पार्टीले उपसमितिमा किरण गिरी, बद्री सिग्देल, सरोज अधिकारी, रोजी पराजुली ढकाल, महेश्वर गौतम, केदारनाथ दाहाल, जगत प्रजापतिलाई मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
प्रकाशित मिति: २१:२१ बजे, शुक्रबार, माघ २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार