Kathmandu Press

‘युद्धमा फसेका नेपालीको उद्धारका लागि सरकार गम्भीर बन्नुपर्छ’

‘रुस र युक्रेनको युद्धमा फसेका नेपालीको तत्काल उद्धारका निम्ति म सरकारसँग कुरा गर्छु, नेपालीहरू त्यहाँ कसरी पुगे? रहर हो कि बाध्यता?’
‘युद्धमा फसेका नेपालीको उद्धारका लागि सरकार गम्भीर बन्नुपर्छ’

काठमाडौं, माघ २६ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको रुस–युक्रेन युद्धमा फसेका नेपालीको उद्धारका लागि सहयोग गर्न पीडित परिवारले आज ध्यानाकर्षण गराएका छन्।

पीडित परिवारका सदस्यले पार्टीको केन्द्रीय कार्यालय पुगेर ‘पीडित परिवार तथा नागरिकको जीवनरक्षाका लागि सचेतना’ अभियानका तर्फबाट अध्यक्ष नेपाललाई ध्यानाकर्षणपत्र बुझाएका हुन्।     

Hardik ivf

ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष नेपालले रुस र युक्रेन युद्धमा फसेका नेपालीको उद्धारका लागि गम्भीर बन्न सरकारसँग कुराकानी गर्ने बताए।

सैन्य भर्ती सम्झौता नभएका मुलुकमा पनि फौजमा भर्ना भई मर्नुपर्ने नियति आउनु राष्ट्रका लागि लज्जाको विषय भएको बताउँदै उनले भने ‘रुस र युक्रेनको युद्धमा फसेका नेपालीको तत्काल उद्धारका निम्ति म सरकारसँग कुरा गर्छु, नेपालीहरू त्यहाँ कसरी पुगे? रहर हो कि बाध्यता?’   

अध्यक्ष नेपालले युद्धमा रहेका नेपालीलाई फिर्ता ल्याउने, घाइतेको उपचार गर्ने, मृतकको खोजी गर्ने विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

अभियानका संयोजक कृतु भण्डारीले युद्धमा कुनै सम्बन्ध नभएको नेपालका नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था संवेदनशील भएको बताउँदै यसको अन्त्यका लागि सम्पूर्ण नेपालीको चिन्ता र सरोकार भएकाले सबै दलको साझा दृष्टिकोण बन्नुपर्ने बताइन्।

प्रकाशित मिति: २०:०३ बजे, शुक्रबार, माघ २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्